कम्युटर प्रणालीबाट रोजगार संयोजकको परीक्षा

कम्युटर प्रणालीबाट रोजगार संयोजकको परीक्षा

काठमाडौं : नेपालमा रोजगारीका लागि पहिलोपटक कम्प्युटर प्रणालीमार्फत परीक्षा भएको छ।  हरेक स्थानीय तहमा चाहिने रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरिएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निष्पक्षरूपमा रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरेको हो।  शनिबार र आइतबार सञ्चालन गरिएको कम्प्युटर प्रणालीमा दुई हजार दुई सय ६२ जना व्यक्ति सहभागी थिए।  बेरोजगार युवाले अनलाइनमार्फत नै रोजगार संयोजकका लागि आवेदन दिएका थिए। 

मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार ३० मिनेट समय तोकेर ५० पूर्णांकका लागि कम्प्युटर प्रणालीबाट २५ वटा प्रश्न सोधिएको थियो।  परीक्षार्थीले प्रत्येक प्रश्नको उत्तर कम्प्युटरबाटै मिले नमिलेको तुरुन्तै पाउन सक्ने व्यवस्था थियो।  प्रवेशपत्रको आइडी नम्बरका आधारमा व्यक्तिको फोटो कम्प्युटर स्क्रिनमा देखिने भएकाले गलत व्यक्ति परीक्षामा सामेल हुन नपाउने दाहालले बताए। 

आइतबार मध्यरातमा रोजगार संयोजकको नतिजा प्रकाशित हुने दाहालले बताए।  २५ अंक आउने परीक्षार्थीको नाम प्रकाशित हुन्छ।  ‘माथिल्लो अंक आउने परीक्षार्थी रोजगार संयोजकमा छनोट हुनेछन्’, उनले भने।  बराबरी अंक आउने परीक्षार्थीले मार्कसिटको आधारमा छनोट हुन्छन्।  चाहिने व्यक्ति माथिल्लो अंबाट लिन्छौं’, दाहालले भने, ‘त्योभन्दा मुनिका व्यक्ति वैकल्पिकमा रहन्छन्। ’

मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीका अनुसार पहिलो आउने व्यक्तिले स्थानीय तह छनोट गर्न पाउँछ।  ‘यो प्रदेशस्तरीय परीक्षा हो’,उनले भने,‘ प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा परीक्षा सञ्चालन भएको हो। ’

प्रत्येक स्थानीय तहमा चाहिने रोजगार संयोजक छनोट गर्न कम्प्युटर प्रणालीबाट परीक्षा सञ्चालन गरिएको छ। 

सरकारले आइतबार राति सात सय ५३ जना रोजगार संयोजक छनोट गर्ने छ।  छनोट भएका व्यक्ति एक हप्ताभित्र मन्त्रालयको सम्पर्कमा आउनुपर्छ।  सरकारले सबै रोजगार संयोजकलाई फागुन २५ भित्र स्थानीय तह पठाउनेगरी प्रक्रिया अघि बढाएको डा.रेग्मीले जानकारी दिए।  रोजगार संयोजकले चैत्रदेखि बेरोजगार युवाको फारम संकलन गर्नेछन्।  देशभरका बेरोजगार युवाको संकलन गरी सरकारले सबैलाई रोजगारी प्रदान गर्नेछ। 

छोटो सूचीमा परेका युवालाई सरकारले अनलाइन प्रणालीमार्फत परीक्षा लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए।  सरकारले केही दिनअघि दुई हजार दुई सय ६२ जनालाई प्रारम्भिक सूचीकृत गरेको थियो।  रोजगार संयोजकका लागि अनलानबाटै करिब २४ हजारले आवेदन दिएका थिए। 

रोजगार संयोजकले बेरोजगार फारम संकलन गर्नुका साथै रोजगार अवसर खोज्ने, सार्वजनिक संस्थानमा कामदार उपलब्ध गराउने, निजी क्षेत्रले कर्मचारी मागेमा काममा खटाइनेलगायतका काम गर्छन्। 

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत स्थानीय तहमै पर्याप्त रोजगारी सिर्जना गर्ने तयारी गरेको छ।  संघ, प्रदेश र स्थानीय तहको समन्वयमा स्थानीयस्तरमै रोजगार सिर्जना गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याइएको हो। 

नेपालको संविधानको धारा ३३ मा समेत रोजगारीको हकलाई कार्यान्वयन गर्न उक्त कार्यक्रमले सघाउने मन्त्रालयले अपेक्षा लिएको छ।  प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न सरकारले प्रधामन्त्री रोजगार निर्देशिका २०७५, रोजगारीको हकसम्बन्धी ऐन २०७५ ल्याइसकेको छ। 

सरकारले दैनिक पाँच सय १७ रुपैैयाँ पाउने गरी न्यूनतम एक सय दिनका लागि रोजगारी ग्यारेन्टी गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो।  बेरोजगार फारम भरेका तर रोजगार नपाएका व्यक्तिले निर्वाहभत्तासमेत पाउनेछन्।  निर्वाहभत्ता त्यसको आधा पाउनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.