अब बर्खामा डुब्दैन भैरहवा !

अब बर्खामा डुब्दैन भैरहवा !

भैरहवा : वर्षात् सुरु भएपछि भैरहवासीलाई डुबानको चिन्ताले सताउँथ्यो । दिनभरको वर्षाले सहरका अधिकांश भुभाग डुबानमा पर्थे । घर, पसलमा पानी पस्थ्यो । कसैले पानी तान्ने मोटर चलाएर घरमा पसेको पानी निकाल्दै गरेको दृश्य देखिन्थ्यो भने कसैले बाल्टीले पानी बाहिर फ्याकेको दृश्य । 

वर्षाले विद्यालयहरु समेत डुबानमा पर्थे । जस कारण पठनपठान समेत ठप्प हुन्थ्यो । विमानस्थल पनि डुबान समस्याले ग्रसित रहँदा विमान उडान र अवतरण प्रभावित हुन्थ्यो । अवतरण भएका विमानका यात्रुहरु पनि पानीमै पेसर निस्किनु पर्थ्यो । 

यसले पर्यटकीय सहर भैरहवाको नकरात्मक सन्देश जानुका साथै सहरको जिनजिवन अस्तव्यस्त हुन्थयो । तर, अब भैरहवाको मुहार फेरिदैछ । सहर डुबान हुने समस्यालाई समाधान गरिदैछ । अगामी वर्षायाम देखि भैरहवा डुबान नहुने गरी तीव्र गतिमा काम भइरहेको छ ।

एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा सम्पन्न भएको एकीकृत सहरी विकास आयोजना र सञ्चालित क्षेत्रीय सहरी विकास योजना अन्र्तगत करोडौँ रुपैयाँको लागतमा भैरहवा डुबान हुने  समस्यालाई मध्यनजर गर्दै ढल निर्माण गरिएको छ । 

भैरहवा सहर समथर भूभागमा अवस्थित हुँदा डुबानको समस्याले ग्रसित हुँदै आएको छ । वर्षाले सहरमा जम्मा हुने र अन्य क्षेत्रबाट सहरमा आउने पानीको सहज निकास नहुँदा सहर डुबान पर्ने गरेको थियो । 

तर, अब पानीको निकासको लागि आयोजना अन्तर्गत सडकको दुवै तर्फ सडक सतह ढल, मध्यम ढल र मुख्य सतह ढल गरी तीन किसिमको ढल निर्माण गरिएको छ ।सडकमा जम्मा हुने पानीलाई सडक सतह ढल हुँदै मध्यम ढलमा लगिने र मध्यम ढलमा जाने पानीलाई मुख्य सतह ढल (ठुलो नाला) हुँदै नदीमा निकास हुने गरी काम भइरहेको आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए ।

सहरको पश्चिम भूभागको क्षेत्रमा जम्मा हुने पानीलाई घाघरा नदी र अन्य भूभागमा जम्मा हुने पानीलाई डण्डा नदीमा निकास हुने गरी काम भइरहेको छ ।
हाल सहरको अधिकांश वडा गल्लामण्डी, हिमाली पथ, उदयपुर, जनक पथ, रुद्र पथ, डाँडा गाउँ, ज्योति पथ, हाटबजार, खजाना पथ, बेलहिया लगायत क्षेत्रमा सडक सतह ढल, माध्यम ढल र मुख्य सतह ढल निर्माण गरिएको छ । 

निर्माण भएको र निर्माणधिन अवस्थामा रहेको सडक किनारमा यी ढलहरू निर्माण गरिएको छ । सहरमा सम्पन्न भएको एकीकृत सहरी विकास आयोजना अन्र्तगत सडक सतह, माध्यम र मुख्य सतह ढल ५३ किलोमिटर र हाल सञ्चालित क्षेत्रीय सहरी विकास योजना अन्र्तगत सडक सतह, माध्यम र मुख्य सतह ढल गरी ६२ किलोमिटर गरी सहरमा कुल १ सय १५ किलोमिटरसम्म ढल निर्माण भइरहेको आयोजनाका इन्जिनियर यमलाल पाण्डेले बताए । 

आयोजना सँगसँगै सहरी विकास तथा भवन कार्यालयले पनि निर्माण गरेको सडक किनारमा विभिन्न किसिमको ढल निर्माण गरेको छ । दुई वटा आयोजना अन्र्तगत सहरमा निर्माण भएको ढलमा २० करोड लिटर पानी जम्मा हुने क्षमताको रहेको छ भने सहरी विकास तथा भवनले निर्माण गरेको ढल १० करोड लिटर पानी जम्मा हुने क्षमताको रहेको छ । 

यो सँगै सहरमा ३० करोड लिटर पानी ढलमा जम्मा हुने भएको छ । विगतमा एक दिनमा एक सय ५० मिलिलिटर भन्दा बढी वर्षा र अन्य क्षेत्रबाट ढल हुँदै पानी सहरमा आउँदा सहरमा डुबानमा पर्ने गरेको थियो । भैरहवा मात्र १० घण्टा निरन्तर एक सय ५० मिलिलिटरको औसतमा वर्षा भएमा ५ करोड ४० लाख ५४ हजार लिटर वर्षा हुन्छ । 

यो सँगै अन्य क्षेत्रबाट पनि सहरमा १५ करोड लिटर पानी सहरमा आएपनि करिब साढे २० करोड लिटर पानी मात्र ढलमा पुग्ने देखिन्छ । सहरमा निर्माण भएको ढलको क्षमता ३० करोड लिटरको रहेको छ । वर्षायाम करिब २ महिना सम्म रहने गर्दछ । त्यसमध्ये पनि निरन्तर ठुलो वर्षा करिब १०-१५ दिन हुने गर्दछ ।
क्षमता भन्दा बढी पानी ढलमा जम्मा हुने बेलासम्म पानीको निकास हुने हुँदा डुबान हुने अवस्था नदेखिएको आयोजना प्रमुख श्रेष्ठको भनाई छ । 

उनले वैज्ञानिक रूपमा भैरहवा डुबान नहुने गरी काम भए पनि डुबान समस्या अन्त्य गर्नमा केही बाधा अड्चन रहेको बताए । उनले सहरको पानी भारततिर निकास हुने हुँदा निरन्तरको ठुलो वर्षा भएको अवस्थामा भारतीय पक्षले बाँध नखोलेमा र ढलमा स्थानीयले फ्याकेको फोहोरले पानीको निकास रोकेमा सहरमा डुबान हुने सक्ने अवस्था आउने बताए । 

उनले अन्नपूर्ण पोस्ट्सगँ भने भने निरन्तर ठुलो वर्षा हुँदा ढलमा जम्मा भएको पानीको निकासको लागि भारतीय पक्षले समयमा बाँध खोल्दिएमा र ढल सधैँ सफा रहेमा अब भैरहवावासी डुबान समस्याबाट मुक्त रहनेछन् ।

उनले थपे स्थानीवासीहरुले सहरको ढलहरूमा फोहोर फ्याँक्दा ढलको मुहान बन्द हुने हुँदा डुबान अन्त्यको मुख्य समस्या रहेको छ जसका लागि स्थानीयवासीहरु स्वयम् सचेत हुनुपर्ने र नगरपालिकाले पनि समय समयमा ढलको सफाइ गर्नुपर्छ ।

निरन्तर वर्षा भइरहेको अवस्थामा वैज्ञानिक हिसाबले पनि सडक पानी जम्मा भइरहने हुँदा तत्काल डुबान जस्तो देखिएपनि वर्षा रोकिए पश्चात् निकासको लागि एकाध घण्टा समय लाग्ने आयोजनाका इन्जिनियर पाण्डेले बताए ।

निरन्तर ठुलो वर्षा हुँदा सडकमा स्वाभाविक रूपमा पानी जम्मा भइहाल्छ उनले भने यदि सम्बन्धित ढल सफा राखिएको छ भने वर्षा रोकिएपश्चात् एकाध घण्टा पानीको सहजै रूपमा निकास हुन्छ । उनले थपे पानीको सहज निकासको लागि मुख्य विषय ढलको सरसफाइ हो यदि स्थानीयले ढलमा फोहोर फ्याँक्ने कार्य गरेमा डुबानको समस्यामा पर्ने छन् । 

सहरको ढलमा बढी पानी जम्मा नहुन दिनका लागि उत्तर क्षेत्रबाट सहरमा आउने पानीलाई सहरको प्रवेश विन्दु गोदार इन्जिनियरिङको पश्चिम तिर ढल निर्माण गरी घाघरा नदी तर्फ उक्त पानी डाइर्भट गर्ने कार्यक्रम समेत तयार भइरहेको इन्जिनियर पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.