मदिरा निषेधित नगरमा रक्सी पिए, भिरबाट खसेर ज्यान गुमाए

मदिरा निषेधित नगरमा रक्सी पिए, भिरबाट खसेर ज्यान गुमाए

मुगु : छायानाथ रारा नगरपालिका–३ स्थित साँया खोलास्थित भिरबाट खसेर आइतवार राति एक जनायुवकको मृत्यु भएको छ ।

सदरमुकाम गमगढीबाट मदिरा पिएर घर फर्कँदै गरेका छाँयानाथ रारा नगरपालिका–३ निगाले गाउँका ३० वर्षीय पुर्णबहादुर रोकायाको सायाँ खोलास्थित बाटोदेखि खसेर मृत्यु भएको हो ।

 मृतक रोकायासँगै गएका उनका साथी २७ वर्षीय सूर्यबहादुर विककोे जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला  प्रहरी कार्यालयले जानकारी दिएको छ । 

जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएका बिकका अनुसार मृतक रोकाया र आफूहरुले बजारबाट मदिरा पिएर घर जाने क्रममा रोकाया एक्कासी बाटोबाट ६० मिटर तल खोलामा खसेका थिए । 

भिरबाट खसेको सुनेपछि गाउँले र प्रहरी घटनास्थल पुगेर रोकायालाई जिल्ला अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । छाँयानाथ रारा नगरपालिकाले आफ्नो नगर भित्रका सबै वडामा मंसिर १ देखि मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो । नगरपालिकालाई मदिरा निषेध गरिए पनि अवैध कारोवार भइरहेको यो घटनाले खुलेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.