धादिङमा बोलेरोको ठक्‍करबाट दुई महिलाको मृत्यु, एक गम्भीर

धादिङमा बोलेरोको ठक्‍करबाट  दुई महिलाको मृत्यु, एक गम्भीर

धादिङ : सडक छेउमा कुराकानी गरेर बसिरहेका महिलालाई बलेरो गाडीले ठक्‍कर दिँदा २ जनाको मृत्यु भएको छ। धादिङको गल्छी गाउँपालिका- ५ पालचोकस्थित तेजबहादुर लामाको घर अगाडी आइतबार राति साढे ८ बजेतिर कुराकानी गरेर बसिरहेको अवस्थामा बोलेरोले ३ महिलालाई ठक्‍कर दिएको थियो। 

बा २० च ६२६१ नम्बरको बोलेरोको ठक्‍करबाट गल्छी गाउँपालिका- ४ बस्ने ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका- ५ मा बस्ने ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

दुर्घटनामा भुजेलको घटनास्थलमा र तामाङको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही गाउँपालिका- ५ की ३६ वर्षीया धनकुमारी तामाङ घाइते भएकी छन्। उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको छ। ठक्‍कर दिने गाडीका चालक भागेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

दुर्घटनामा मृत्यु भएकी जमुना भुजेल केही दिनअघि श्रीमानले दोस्रो विहे गरेर आफूलाई अन्याय गरेको भन्दै न्याय माग्नको लागि आइतबार मात्रै बैरेनी प्रहरीसमक्ष आएकी थिइन्।प्रहरीचौकीमा छलफल गरेपश्चात घर फर्किएकी जमुनाको घर नपुग्दै ज्यान गएको हो।

घटनापछि जमुनाको आफन्तले घटना रहस्यमय भएको भन्दै सत्यतथ्य छानविन गर्न माग गरेका छन्। चालक र सवारीधनीलाई पक्राउ गरिने प्रहरीले बताएपछि मृतकका आफन्तले सोमबार शव बुझेका छन्। मृतक जमुनाकी एक आफन्तका अनुसार कान्छी श्रीमती ल्याएपछि जेठी जमुनालाई खान समेत नदिइ कुटपिट हुन थालेपछि प्रहरीसमक्ष न्याय माग्न जानुभएको थियो। घर फर्किँदै गर्दा बाटैमा मृत्यु भएछ।

उनले दुर्घटना गराउने चालक भाग्नु र सडक छेउमा गफ गरिरहेका बेला ठक्‍कर दिनुले घटना नियोजित पो हो कि भन्ने लागेर सत्यतथ्य छानविनको माग गरेका छौं।मृतक जुमनाकी ४ वटा छोराछोरी छन्। आमाको मृत्यु भएपछि बालबालिकाको विचल्ली भएको मृतकका आफन्त कुमार भुजेले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.