लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सवको तयारी तीव्र

लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सवको तयारी तीव्र

बेसीसहर : लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने भएको छ। यही फागुन १७ गतेदेखि हुन लागेको महोत्सवको तयारी तीव्र बनाइएको छ। लमजुङ उद्योग वाणिज्य संघले प्रदेशस्तरीय छैटौं लमजुङ महोत्सव गर्न लागेको हो। संघको आयोजनामा फागुन १७ गतेदेखि २६ गतेसम्म बेंसीसहर नगरपालिका-८ दनाईफाँटमा महोत्सव सञ्चालन हुने छ। 

'स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन, नागरिक समृद्धिका लागि लगानी मैत्री वातावरण' भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल समारोह समितिका संयोजक राजेश थापाले बताए।

उनका अनुसार जिल्लामै उद्यमी बनाई आर्थिक विकासमा टेवा पुर्‍याउन महोत्सव सञ्चालन गर्न लागिएको हो। महोत्सवले साना तथा मझौला उद्योगको स्थापनामा प्रवद्र्धन गराई युवा जनशक्तिमा विदेशिनबाट रोक्ने उनले बताए। 

महोत्सव मार्फत परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गरिने उनले बताए। 

संघका निवर्तमान अध्यक्ष एवं पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक रामकुमार श्रेष्ठका अनुसार महोत्सवले पर्यटकीय ठाउँको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर‍्याउने छ। उनका अनुसार महोत्सव मार्फत व्यवसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी आत्मनिर्भर बनाउने, अल्लो, अलैंची, चिया, कफी, सुन्तला र मह प्रवद्र्धन गर्ने, परम्परागत खाना महोत्सव संचालन गर्ने, होमस्टेको प्रवद्र्धनात्मक कार्य गरिने छ। 

महोत्सवमा २ सय ५० वटा स्टल रहने छन्। १० वटा होटल तथा रेष्टुरेण्ट, ४० वटा कृषि, घरेलु सामग्री सम्बन्धी स्टल र अन्य प्रकारका स्टल रहने छन्। संघका महासचिव कृष्णजंग गुरुङका अनुसार महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सव अवधिभर २० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।  

महोत्सवमा गृहिणी नृत्य प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, औद्योगिक तथा व्यपारिक प्रदर्शनी, नाटक र पुष्प प्रदर्शनी, परम्परागत स्थानीय खाना महोत्सव, विद्यालयस्तरको नृत्य प्रतियोगिता, परम्परागत संस्कृति, ऐतिहासिक तथा धार्मिक धरोहरको चिनारी, महोत्सवका मुख्य आकर्षण रहनेछन्। 

उद्योग बाणिज्य संघले स्थानीय उद्योग, व्यापार, पर्यटन, तथा कृषिको प्रबद्र्धन तथा लमजुङको कला संस्कृतिको संरक्षण संवद्धर्न गर्ने उद्देश्य लिएर यसआघि ५ पटकसम्म महोत्सवको आयोजना गरिसकेको छ। प्रत्येक २ वर्षको फरकमा लमजुङ महोत्सव गरिँदै आएको छ। महोत्सवमा टिकट बिक्रीबाट प्राप्त रकम सामाजिक सेवाको कार्यमा खर्चिने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.