गृहमन्त्रीले सार्वजनिक गरे एक वर्षका उपलब्धि

गृहमन्त्रीले सार्वजनिक गरे एक वर्षका उपलब्धि

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो एक वर्षे कार्यकालमा महत्त्वपूर्ण १० वटा उपलब्धि भएको दाबी गरेका छन् । गृहमन्त्रीको सचिवालयले सोमबार सार्वजनिक गरेको एक वर्षे प्रगति विवरणमा १० वटा प्रमुख उपलब्धि गर्न सफल भएको भनिएको छ । 

गृहमन्त्री थापाले एक वर्षे कार्यकालका क्रममा गृहमन्त्रालयसम्बद्ध विभिन्न २४ वटा कानुन बनाउन सफल भएको दाबी गरेका छन् । थापाले प्रमुख उपलब्धिमा मापदण्डविपरित विभिन्न उच्च पदस्थ र नेताहरुको सुरक्षामा खटिएका २ सय ७५ जना सुरक्षाकर्मीलाई फिर्ता गरी नियमित सुरक्षाकार्यमा लगाइएकोलाई पनि प्रमुख उपलब्धि भनेका छन् । 

सुन तस्करीका ठुला माछा समात्न नसकेको आलोचना भइरहेका बेला गृहमन्त्री थापाले यसलाई पनि आफ्नो कार्यकालको उपलब्धि भनेका छन् । गृहमन्त्री थापाले सुन तस्करी प्रकरणमा मुछिएका ७५ जना प्रतिवादीमध्ये ४६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको पनि जनाएका छन् । यो प्रकरणमा ३६ जनाको चलअचल सम्पत्ति रोक्का गरिएको एक वर्षे उपलब्धि विवरणमा उल्लेख छ । 

यी हुन् गृहमन्त्रीका उपलब्धि

१)   यस  वर्ष  विभिन्न  २४  वटा  कानुन  तर्जुमा  गर्ने  लक्ष्य  रहेकोमा  २!
वटा   कानूनहरू तर्जुमा गर्ने कार्य सम्पन्न भएको ।

२)   मापदण्ड विपरीत विभिन्न व्यक्तिह?को सुरक्षार्थ खटिएका २ सय ७५
जना सुरक्षाकर्मी फिर्ता गरी सुरक्षा कार्यमा लगाइएको छ ।

३)   महिला बालबालिका सम्बन्धि छुट्टै अपराध तथा अनुसन्धानको लागि १४  वटा  भवन  निर्माण  सम्पन्न  भएको  ।  साथै  जबरजस्ती  करणी अपराधका  घटनाहरुमध्ये  ९५%  घटनाहरूको  सफल  अनुसन्धान गरिएको ।

४)  अवैध  सुन  तस्करी  र  संगठित  अपराधको  सन्जाल  नियन्त्रणमा सफलता  प्राप्त  भएको  छ  ।  सुन  तस्करीमा  संलग्न  ७५  जना प्रतिवादी  मध्ये  ४६  जना  पक्राऊ  परेका,  ३!  जना  फरार  रहेका  र ३४ जनालाई अदालतबाट पुर्पक्षको लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरूको चलअचल सम्पत्ति रोक्का गरिएको छ ।

५)   यातयात क्षेत्रमा रहेको लामो समयसम्मको सिण्डिकेटको अन्त्य गर्न यातयात सम्बन्धि संघसंस्थाह? नवीकरण गर्ने कार्य बन्द गरिएको । राजमार्गमा हुने अवरोध हटाउन सुरक्षा कारवाहीको कार्यविधि तयार गरी  ७७  वटै  जिल्लामा  लागू  गरिएको  छ  साथै  यस  अवधिमा राजमार्गमा यातयात सेवा सञ्चालनमा अवरोध आएको छैन ।

६) विपद् व्यवस्थापनको पूर्व तयारी, खोज उद्धार, राहत र पुर्नस्थापनाको कार्य प्रभावकारी रुपमा संचालन गरिएको छ । प्रत्येक प्रदेशमा १२५/१२५ जनाको विपद् व्यवस्थापन गुल्म स्थापना गर्ने लक्ष्य गृह प्रशासन सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य मुख्य उपलब्धीहरु रहेकोमा नेपाल प्रहरी तर्फ ७ वटै प्रदेशमा गरी विपद् व्यवस्थापन कार्यदलमा ५१७ जनशक्ति खटिएको । सशस्त्र प्रहरी बल तर्फ प्रत्येक यूनिटमा ५०/५० जनाको टोली खटिएको । शीतलहरबाट नागरिकलाई जोगाउनका लागि पूर्व तयारी गरी तराई र हिमाली जिल्लामा समयमै न्यानो कपडा वितरण गरिएको हुँदा चिसोका कारणले मानवीय क्षती भएको छैन ।

७) पाँचथर जिल्लाका १ लाख १० हजार नागरिक र सिंहदरवार भित्रका ७ हजार कर्मचारीहरुलाई राष्ट्रिय परिचयपत्र उपलव्ध गराउने कार्य
सुरु गरिएको छ ।

८) सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग कार्यसम्पादन सम्झौता गरी कार्यान्वयनमा ल्याइएको छ । प्रमुख जिल्ला अधिकारीको
कार्यसम्पादनको मूल्याङ्कन सोही आधारमा हुने व्यवस्था मिलाइएको छ ।

९)मुलुकको संघीय संरचना अनुरुप सबै स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको पहुँचलाई ७५३ स्थानीय तहमा विस्तार
गरी सम्पूर्ण स्थानीय तहमा नेपाल प्रहरीको उपस्थितिको व्यवस्था मिलाई सकिएको छ र विगतको तुलनामा यस अवधिमा प्रहरी गतिशीलतामा १३.१५% ले वृद्धि भएको छ । सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षातर्फ १० वटा थप वोर्डर आउटपोष्ट सहित ५६ वटा नयाँ एकाइहरु स्थापना गरिएको छ ।

१०) विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याइएको छ । बिद्युतीय टोकन प्रणाली मार्फत प्रवेशाज्ञा वितरण सेवा सुरु गरिएको छ । नेपाल र संयुक्त राज्य अमेरीकावीच पारस्परिकताका आधारमा बहुवर्षीय प्रवेशाज्ञा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । अध्यागमनको आधुनिकरण र व्यवस्थित गर्ने कार्य प्रारम्भ गरिएको छ ।

यस्तो छ गृहमन्त्रालयले निकालेको उपलब्धिको पूर्णपाठ :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.