‘पदबाट हटाउनु अपमान’

‘पदबाट हटाउनु अपमान’

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ अध्यक्ष टासी घलेले आफुले सँधै नेपाली फुटबलको सुधारका पक्षमा आवाज ठउँदै आएको बताएका छन् । ‘मैले सँधै एन्फाको सुधार र फुटबलको विकासका लागि आवाज उठाउँदै आएको छु ।

कुनै ब्यक्ति विशेषको विरोध वा समर्थन गर्नुमा मेरो कुनै रुची छैन’, सोमबार आयोजित पत्रकार सम्मेलनमा घलेले भने । उनले नेपाली फुटबलमा सुधारको कुरा गर्दा कार्यसमितिले पदबाट हटाउनुलाई आफुले अपमानका रुपमा लिएको धारणा ब्यक्त गरे ।

एन्फ कार्यसमितिको एक महिनाअघि बसेको बैठकले मानार्थ अध्यक्ष घलेले अनुशासनहीन काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने निर्णय गरको थियो । ‘एन्फाको विधानमा मानार्थ अध्यक्षको व्यवस्था भए पनि कार्यसमितिले हटाउन सक्ने व्यवस्था छैन । म ३० वर्ष फुटबलमा काम गरेको व्यक्ति हुँ । फुटबलमा भएका गल्ती र कमजोरीको कुरा सधैँ उठाउँछु ।

पहिलो कार्यसमितिको बैठकमै विदेशी नागरिक नवीन पाण्डेलाई एन्फाको सल्लाहकारमा नियुक्ति गरिँदा मैले आवाज उठाए । रुस विश्वकपमा नेपाललाई आएको दुई सय ५० वटा टिकटमा पनि अनियमितता भएको विषयमा पनि कुरा उठाएको थिएँ । यही कुराको विरोध गर्दा कारबाही गरिनु कस्तो अचम्म,’ घलेले भने ।

घलेले एन्फाले पदमुक्त गरेपछि अदालतलगायत खेलकुदको माथिल्लो निकायमा उजुरी दिएका थिए । तीन दिनअघि मात्र पाटन उच्च अदालतले निवेदनको अन्तिम टुंगो नलागेसम्म घलेलाई मानार्थ पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगराउन एन्फाको नाममा अन्तरिम आदेश जारी गरेको थियो । घले अघिल्लो कार्यकालमा पनि एन्फाको मानार्थ अध्यक्ष रहेका थिए । घलेले एक वर्ष अघि भएको एन्फा निर्वाचनमा हालका अध्यक्ष कर्माछिरिङ शेर्पाको समूहलाई नै सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.