नेता किम भियतनाममा, सुरक्षाव्यवस्था कडा

नेता किम भियतनाममा, सुरक्षाव्यवस्था कडा

एएफपी दोङदाङ : उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङ आइपुगेकाले सुरक्षा व्यवस्था कडा बनाइएको छ।

उनी सोमवार भियतनामको सीमावर्ती शहर दोङदाङ आइपुगेका हुन्। उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रमा रेल सेवा बन्द गरिएको थियो। किम आउने रेलमार्ग तथा रेल स्टेशनमा विशेष सुरक्षा व्यवस्थाका लागि ती क्षेत्रलाई सेनाले घेरा हालेको छ। उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम आएका हुन्।

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम आएका हुन्। दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइने बताइएको छ। किम शनिबार रेल चढेर भियतनामतर्फ प्रस्थान गरेका थिए। उनी चीनको राजधानी पइचिङ हुँदै रेलमा भियतनाम पुगेका हुन्।

उनले साढे दुई दिनमा करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लागेका हुन्। दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ। त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीले बताएका छन्। उनी भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारीसाधनमा अपराह्न २ बजे भियतनामको राजधानी हनोई पुग्ने कार्यक्रम छ।

दोङदाङ शहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको दृश्य आफूले देखेको एएफपीका समाचारदाताले जनाएका छन्। उनले आफूले उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको देखेको बताएका छन्। उनले तर त्यो रेलसेवा कहिलेसम्मका लागि बन्द हुने भन्ने बारेमा अधिकारीले केही नभनेका र सम्भवतः मंगलबारसम्म बन्द हुन सक्ने पनि बताएका छन्।

हनोईमा यही बुधवार र बिहीवार भेटवार्ता हुनेछ। अमेरिकी राष्ट्रपति ट्रम्प पनि मंगलबार हनोई पुग्ने कार्यक्रम रहेको छ। उनीहरूबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो। सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो।

कोरियाली युद्ध सकिएको घोषणा गरिने !

सोल : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको हनोईमा हुने शिखर सम्मेलनमा कोरियाली प्रायद्वीपमा सन् १९५०–५३ शुरु भएको कोरियाली युद्ध समाप्त भएको घोषणा हुने दक्षिण कोरियाले आशा गरेको छ।

दुई नेताबीच हुने भेटवार्तापछि यस सम्झौतामा पुग्न सकिने आशा गरिएको हो। कम्युनिस्ट शासन रहेको उत्तर कोरियालाई चीनको समर्थन रहेको छ भने पुँजीवादी शासन व्यवस्था रहेको दक्षिण कोरियालाई अमेरिकी समर्थन रहेको छ।

यसैकारण प्राविधिक रूपमा उत्तर कोरिया र अमेरिकाबीचको युद्ध जारी देखिन्छ। युद्ध अन्त्यको सम्झौता हुने आफूले विश्वास गरेको औपचारिक घोषणाको क्रममा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसका प्रवक्ता कि इवी केओमले बताए। कुन किसिमको घोषणा हुन्छ भन्ने विस्तृत थाहा नभए पनि अमेरिका र उत्तर कोरिया एक सम्झौतामा पुग्ने विश्वास गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.