सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता

सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता

कालिकोट : स्वास्थ्य संस्थाले प्रसूति भत्ता दिन छाडेका छन् । गाउँपालिकाले समयमै रकम भुक्तानी नदिँदा प्रसूति सेवा लिन आएका महिला रित्तो हात फर्किने गरेका हुन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा प्रसूति सेवा लिएबापत ३ हजार र नियमित गर्भवती जाँच गराएबापत ८ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने गरेका थिए ।

पचालझरना गाउँपालिका–७ को स्वास्थ्य चौकी नानिकोटमा साउनयता प्रसूति सेवा लिएका ४६ जना महिलाले प्रोत्साहन भत्ता पाएका छैनन् । गाउँपालिकाको कार्यालयमा पटक–पटक आमा सुरक्षा कार्यक्रमको बजेट माग गर्दा पनि भुक्तानी नपाएकाले स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउने महिलालाई रित्तो हात फर्काउनुपरेको स्वास्थ्यचौकीका इन्चार्ज जन्मऋषि न्यौपानेले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय हुँदा स्वास्थ्य संस्थाको नाममा पहिल्यै पेस्की ल्याएर हरेक सुत्केरीको हातमा प्रोत्साहन भत्ता बाँड्ने गरिएको थियो । ‘गाउँपालिकामा माग गर्दा लेखापालले पेस्की दिएनन्, हामीले कसरी दिनु ? ’ उनले भने ।

यस्तै पचालझरना गाउँपालिकाको बदालकोट स्वास्थ्यचौकीमा प्रसूति सेवा लिन आउने महिलाले पनि प्रोत्साहन भत्ता पाउन सकेका छैनन् । जिल्लाको तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिका, शान्नित्रिवेणी गाउँपालिकामा पनि स्वास्थ्य संस्थामा प्रसूति सेवा लिन आउने महिला खाली हात घर फर्किने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन कटकबहादुर महतले स्थानीय तहमा कार्यरत लेखापालको लापरबाहीका कारण आमा सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाले पाउने प्रसूति भत्ता नपाउने गरेको बताए । उनले जिल्लाभरिका स्वास्थ्यकर्मीले सुत्केरी भत्तालगायत सेवा नपाएको गुनासो आइरहेको बताए । उनले भने, ‘तहविरुद्ध प्रशासनमा जानुपर्ने अवस्था आएको छ ।’

यता पचालझरना गाउँपालिकाका लेखापाल नरदल बुढाले आमा सुरक्षा कार्यक्रममा बजेट अभाव भएकाले सबै स्वास्थ्य संस्थामा रकम दिन नसकिएको बताए । स्वास्थ्य चौकी नानिकोटमा एक लाख ६० हजार, स्वास्थ्य चौकी बदालकोटमा एक लाख र स्वास्थ्य चौकी राम्नाकोटमा दुई लाख तत्काल भुक्तानी दिएको र दुई लाख बढीको न्यानो झोला खरिद गरिएकाले बजेट सकिएको बताए ।

अन्य कर्मचारीले समेत स्थानीय भत्ता नपाएकाले थप बजेट माग गरिएको उनले बताए । गाउँपालिकामा बजेट अभावकै कारण स्वास्थ्य संस्थालाई रकम निकासा गर्न नसकिएको उनको भनाइ छ ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.