कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं : मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको कार्यकर्तामा केन्द्रीय पदाधिकारीको छलफलपछि बैठक स्थगित भएको पार्टी कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए। 

‘नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको छलफल आज सभापति शेरबहादुर देउवाको कार्यकक्षमा भयो’, पराजुलीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘थप छलफल गर्न आवश्यकता मध्यनजर राखी केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित गरिएको छ।’ 

मंगलबारका लागि बोलाइएको बैठक स्थगित भए पनि अर्को बैठकको मिति तोकिएको छैन। आवश्यक छलफल पश्चात बैठकको मिति सार्वजनिक हुने सचिव पराजुलीले जानकारी दिए। केन्द्रीय समिति बैठक बस्न नसक्दा कांग्रेसभित्र गुट विवाद चर्को बन्दै गएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.