सिन्धुपाल्चोकको कदमबासमा प्याराग्लाइडिङ सुरु

सिन्धुपाल्चोकको कदमबासमा प्याराग्लाइडिङ सुरु

चौतारा : पोखराको सारङकोटमा प्याराग्लाइडिङ देखेर हौसिएका युवाको सक्रियतामा सिन्धुपाल्चोकको कदमबासमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आउने भएको छ। सफल परीक्षण उडानपछि चौतारा साँगाचोकगढी नगरपालिका-९ कदमबासमा आगामी फागुन २५ गतेबाट व्यावसायिक उडान सुरु गर्न लागिएको हो ।

गत फागुन ५ गते कदमबासको लामाचौरमा परीक्षण उडानपछि औपचारिक रुपमा नियमित उडान सुरु गर्न लागिएको अभियन्ता मानबहादुर तामाङले जानकारी दिए। पोखराबाट आएका पाइलट उमेश केसीले सफल दुई परीक्षण उडान गरेपछि हौसिएका लामाचौरबासीले आफ्नो हैसियत अनुसारको लगानी गरेर सामुदायिक रुपमा व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्न लागेका हुन्।

परीक्षण उडानका लागि स्थानीयले पाँच देखि ३० हजार रुपैयाँसम्म चन्दा संकलन गरेर एक लाख जुटाएका तामाङले बताए । पाइलट केसीसँगको चिनजानका कारण साँढे दुई वर्ष अघिदेखि आफ्नो गाउँमा पनि प्याराग्लाइडिङ सम्भव हुने सोचेर लागिपरेका तामाङलाई स्थानीय युवाले साथ दिएपछि उनको योजनाले साकार रुप लिन लागेको हो।

परीक्षण उडानपछि स्थानीयले समिति गठन गरेर अभियानकै रुपमा प्याराग्लाइडिङ सञ्चालन गर्न लागिपरेका छन्। 'सुरुमा तीनदेखि पाँचजना पाइलट र 8 देखि १० वटा ग्ल्याडर ल्याएर सुरु गर्न लागेका छौं, तामाङले भने, 'केही खर्चिलो भएपनि राजधानीबाट नजिक र उत्कृष्ट गन्तव्य भएकाले सफल हुनेमा आशावादी छौं।'

पाइलट केसीलाई उदृत गर्दै तामाङले बताएअनुसार लामाचौर प्याराग्लाइडिङका लागि सारङकोटभन्दा उपयुक्त स्थान हो। लामाचौरमा तीन हजार फिटसम्मको उचाइमा उड्दै सुनकोशी, ब्रमहायणी र इन्द्रावती नदि तथा जुगल, गौरिशंकर, लाङ्टाङ लगायत हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिने भएकाले पनि यहाँको प्याराग्लाइडिङ उत्कृष्ट गन्तव्यमा पर्ने तामाङको विश्वास छ। लामाचौरबाट उडेर शिरानचौरमा अवतरण हुने उनले बताए।

ग्ल्याडर भाडामा लिएर सुरुमा ६ देखि ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका स्थानीयले सहयोगका लागि नगर पालिका र सामाजिक संघसंस्थालाई आग्रह गरेका छन्। प्याराग्लाइडिङ सञ्चालनसँगै पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरेका स्थानीयले होमस्टे सुरु गर्ने योजना पनि बनाएका छन्।

राजधानीबाट नजिक र उत्कृष्ट गन्तव्य भएकाले प्याराग्लाइडिङ सुरु भएपछि स्थानीयस्तरमा रोजगारीको सम्भावना बढ्ने पनि स्थानीयको अपेक्षा छ। यसअघि सिन्धुपाल्चोककै भोटेचौरमा प्याराग्लाइडिङ सञ्चालनमा आइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.