कांग्रेस मक्किएको कपडा भयो : विश्व सिग्देल
काठमाडौं : राजनीतिक विश्लेषक विश्व सिग्देलले नेपाली कांग्रेस मक्किएको कपडा जस्तै बनेको बताएका छन्।
रेडियो अन्नपूर्णको मूल प्रवाहमा ठाकुर बेलबासेसँग कुरा गर्दै सिग्देलले यस्तो बताएका हुन्। ‘कांग्रेस मक्किएको कपडा बनिसकेको छ’, उनले भने, ‘मक्किएको कपडा सिलाउन खोज्दा उल्टै च्यातिए झै नेपाली कांग्रेस पनि त्यस्तै अवस्थामा पुगेको छ।’
कांग्रेस राजनीतिलाई गहिरो अध्ययन गरेका सिग्देलले कांग्रेस फासीवादी चरित्रमा ढल्किदै गएको आरोपसमेत लगाए।