'विप्लव' निकट पत्रकार संगठनको नाम परिवर्तन

'विप्लव' निकट पत्रकार संगठनको नाम परिवर्तन

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनको नाम फेरिएको छ । नयाँ नाम 'जनपत्रकार संगठन नेपाल' राखिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी गराए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले आफूहरुको संगठनले नाम परिवर्तनको जानकारी दिएको छ । गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णयानुसार संगठनको नाम परिवर्तन गरिएको संगठनका अध्यक्ष डुम्रेले जानकारी दिए ।

उनले भने,‘कानुनी र प्राविधिक कारणले संगठनको नाम फेर्नुपरेको हो ।’ पछिल्लो समय सरकारपक्षबाट प्रेसविरोधी ऐन कानुन निर्माणका श्रृङखला बढ्दै गएका बेला संगठनले देशका ४० जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस चलाएको अध्यक्ष डुम्रेले बताए ।

उनले कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तीव्र पारिने बताए । पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतीपूर्ण बनेको भन्दै आममिडिया र मिडियाकर्मीलाई आफूहरुको अभियानमा साथ दिनसमेत उनले आग्रह गरे ।

यसअघि क्रान्तिकारी पत्रकार संगठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार संगठनको नामबाट हुने महासचिव हिम विष्टले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.