नयाँ प्रशिक्षक पाएपछि हौसियो लेस्टर

नयाँ प्रशिक्षक पाएपछि हौसियो लेस्टर

लन्डन : नयाँ प्रशिक्षक नियुक्ती गरेलगत्तै खेलिएको खेलमा लेस्टर सिटीले ब्राइटनलाई २-१ गोलले हराएको छ। जितसँगै पूर्वविजेता लेस्टर इङ्लिस प्रिमियर लिग तालिकाको ११औं स्थानमा उक्लिएको छ।घरेलु मैदानमा बुधबार बिहान ब्राइटनसँग भिड्नुभन्दा केही समयअघि लेस्टर सिटीले आफ्नो प्रशिक्षक परिवर्तन गरेको थियो। लेस्टर सिटीले ब्रेन्डन रोजर्सलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो। ४६ वर्षीय ब्रेन्डन यसअघि स्कटल्यान्डको चर्चित क्लब सेल्टिकका प्रशिक्षक थिए।

लेस्टर सिटीको प्रतिस्पर्धात्मत जितमा डेमारिया ग्रे र जामी भर्डीले एक÷एक गोलको योगदान गरे। खेल सुरु भएको १०औं मिनेटमा ग्रेले टोलीलाई अग्रता दिलाए। भर्डीले ६३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए। ब्राइटनका लागि भने एकमात्र गोल ६६औं मिनेटमा डेभी प्रोपरले गरेका थिए।

हालसम्म २८ खेल खेलेको लेस्टर सिटी ३५ अंकसहित तालिकाको ११औं स्थानमा छ। एक खेल कम खेलेको ब्राइटन भने २७ अंकसहित १६औं स्थानमा छ। प्रिमियर लिग तालिकाको पहिलो स्थानमा आसिन लिभरपुलले २७ खेलबाट ६६ र दोस्रो स्थानमा आसिन म्यानचेस्टर सिटीले समान खेलबाट ६५ अंक बटुलेका छन्।

ब्राइटनले सन् २०१९ सुरु भएयता प्रिमियर लिगमा एक खेल पनि जित्न सकेको छैन। यसबीचमा खेलिएका सातमध्ये पाँच खेलमा ब्राइटन पराजित भएको छ भने दुई खेल बराबरीमा सकिएको छ।लेस्ट सिटी भने सन् २०१६ को सेप्टेम्बरपछि घरेलु मैदानमा खेलिएका १५ खेलमा अपराजित रहेको छ। यस अवधिमा घरेलु मैदानमा खेलिएका १५ मध्ये ११ खेलमा लेस्टर सिटी विजयी भएको छ भने चार खेल बराबरीमा सकिएको छ। सन् २०१६ को सेप्टेम्बरमा लिग कपको तेस्रो चरणमा चेल्सीले लेस्टर सिटीलाई उसैको मैदानमा हराएको थियो।

प्रिमियर लिगको बुधबार विहान खेलिएको अर्को खेलमा एभर्टनले कार्डिफ सिटीलाई उसैको मैदानमा ३-० गोलले हरायो। न्युक्यासल युनाइटेडले भने घरेलु मैदानको फाइदा उठाउँदै बर्नलीमाथि २-० गोलको जित हासिल गर्‍यो।

ब्रेन्डनलाई नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरे पनि ब्राइटनविरुद्घको खेलमा लेस्टर सिटी अन्तरिम प्रशिक्षक माइक स्टोवेलकै नेतृत्वमा ओर्लिएको थियो। नयाँ प्रशिक्षक ब्रेन्डन पनि उक्त खेल हेर्न रंगशाला पुगेका थिए।

‘लेस्टरका खेलाडीमा उत्साह र क्षमता दुबै छ। निकट भविष्यमै क्लबले नयाँ उचाइ हासिल गर्न सक्छ’, खेल हेरेपछि ब्रेन्डनले भनेका छन्। उत्तरी आयरल्यान्डका नागरिक ब्रेन्डनले सन् २०२२ सम्मका लागि लेस्टर सिटीसँग सम्झौता गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.