जानाजान कार्ड खाएका थिए रियल म्याड्रिडका कप्तान रामोसले !

जानाजान कार्ड खाएका थिए रियल म्याड्रिडका कप्तान रामोसले !

बार्सिलोना : स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका कप्तान सर्जियो रामोसमाथि एक खेलका क्रममा जानिजानि फल खेलेको आरोप लागेको छ । च्याम्पियन्स लिगअन्तर्गत आयाक्सविरुद्धको प्रिक्वार्टरफाइनलको पहिलो लेग खेलमा जानाजान फल खेलेर पहेँलो कार्ड पाएको खाएको आरोपमा उनीमाथि छानबिन पनि हुने भएको छ ।

उक्त खेल फेब्रुअरी १४ तारिखमा आयाक्सको मैदानमा खेलिएको थियो । उक्त खेलमा रियल म्याड्रिड २-१ गोलले विजयी भएको थियो । खेलको ८९ औं मिनेटमा रामोसले आयाक्सका कास्पर डोलबर्गलाई खतरनाक ट्याकल गरेपछि रेफ्रीबाट पहेँलो कार्ड पाएका थिए ।

रामोसले उक्त पहेँलो कार्ड जानाजान फल खेलेर पाएको आरोपमा युरोपेली फुटबल महासंघ (यूईएफए) ले उनीमाथि छानबिन थाल्ने भएको छ । सोही कार्डका कारण अब कप्तान रामोसले प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेल खेल्न नपाउने भएका छन् ।

आयाक्सविरुद्घको खेल सकिएपछि सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा रामोसले भनेका थिए, ‘त्यो कार्ड पाउनमा मेरो पनि हात छ भनेर नस्विकार्नु झुट हुनेछ ।’ त्यसपछि उनले आफ्नो उक्त भनाइ सच्याएका थिए । ‘त्यो फल खेल्नु मेरो बाध्यता थियो । मैले कार्ड पाउनका लागि जानेर फल खेलेको थिइन’, केही समयपछि उनले आफ्नो भनाइ सच्याएका थिए ।

‘८८औं मिनेटमा निकै खतरनाक काउन्टर अट्याक भएको थियो । त्यसमा आयाक्सले गोल गरेको भए खेल बराबरीमा सकिने अवस्था थियो’, उनले भनेका छन् । उक्त प्रतिस्पर्धात्मक खेलको ५३ औं मिनेटमा रियलका लागि करिम बेन्जेमाले पहिलो गोल गरेका थिए ।

खेलको ७५ औं मिनेटमा आयाक्सका हकिम जियचले जवाफी गोल गरेका थिए । ८७ औं मिनेटमा मार्को एसेन्सियोले अर्को गोल थप्दै रियललाई जित दिलाएका थिए । गल्ति गरेको प्रमाणीत भएमा रामोसले क्वार्टरफाइनल खेल पनि खेल्न नपाउने सम्भावना छ । जानेर फल खेली कार्ड पाउने खेलाडीलाई दुई खेलको प्रतिबन्ध लगाउन सक्ने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.