टोयोटाको रस रोड सो
काठमाडौं : टोयोटाको गाडीका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले ‘टोयोटा रस रोड सो’ सम्पन्न गरेको छ। सात दिने कार्यक्रम काठमाडौं–चितवन–बुटवल–काठमाडौंमा सफलतापूर्वक आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ।
फागुन ८ गतेदेखि सुरुवात गरिएको सो कार्यक्रममा सयौं ग्राहकको उत्साहपूर्ण सहभागीमा फागुन १४ गते सम्पन भएको थियो। चितवन र बुटवलका दुई दिन कार्यक्रम सञ्चालन गरिएको थियो। चितवनमा ३ वटा रोड सो र बुटवलमा एउटा रोड सो साथै दुवै सहरमा अवस्थित अटो वेज प्रालिमा सोरुम अन्तक्र्रिया पनि गरिएको छ। सोले दुवै सहरमा ८० ग्राहकले सोरुम अन्तक्र्रिया गराई अन स्पट १० वटा टोयोटा बुकिङ गरेका छन्।
कार्यक्रममा विभिन्न सुविधा जस्तै न्युनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्स्योरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारले यस रोड सोलाई तुलनात्मक रूपमा प्रतिस्पर्धीभन्दा निकै अघि रहेको र सोही गतिमा बढ्ने कुरा साबित गरेको छ।