विद्यालयमा 'प्रगतिशील विवाह', ५ लाख सहयोग

विद्यालयमा 'प्रगतिशील विवाह', ५ लाख सहयोग

रुकुम पश्चिम : सामान्यतः विवाह भन्ने वित्तिकै एउटा दृश्य अगाडी आउँछ। सजिएको मण्डप, रमाएका जन्ती र निम्तालुको चहलपहल अनि भोज-भतेरको चटारो। तर, आइतबार रुकुम पश्चिममा एउटा यस्तो विवाह समारोहको आयोजना गरियो, जहाँ यी कुनै कुराको छनकसम्म थिएन। भित्तामा टागिएको 'प्रगतिशील विवाह' लेखिएको एउटा सानो व्यानर र कापी-किताबले मञ्च सजियो।आफूलाई पढाएका गुरुलाई साक्षी राखेर विद्यालयमै सम्पन्न भयो विवाह।

साइत हेर्ने, चिना जुराउने र भोज-भतेर गरेर नेपाली संस्कारको विवाहभन्दा नितान्त फरक ढंगले आइतबार रुकुम पश्चिमको मुसीकोट नगरपालिका-१ सल्लेको सरस्वती माध्यामिक विद्यालय प्राङगणमा आयोजना गरिएको एक औपचारिक समारोहमा  नरेन्द्र विक र रिना राईको जोडी वैवाहिक बन्धनमा बाँधियो।

मुसीकोट-१ सल्लेका नरेन्द्रले खोटाङ जिल्ला दिक्तेल नगरपालिका- ७ की रिनासँग विवाह गरेपछि आफू पढेको विद्यालयलाई १ लाख ५१ हजार नगद तथा ५० हजार बराबरको स्टेशनरी र ५० हजार बराबरको पुस्तक हस्तान्तरण गरेर विवाह सम्पन्न गरेका हुन्।

भड्किलो र चमकधमकसहितको विवाहले खर्च मात्रै बढाउने, फाइदा नहुने भएपछि आफूले यस्तो विवाह गरेको नरेन्द्रले बताए।नेपाली संस्कारअनुसार तामझामका साथ विवाह गर्नुपर्ने पारिवारिक अनुरोधलाई प्रगतिशिल विवाहमा परिणत गर्न चुनौतिपूर्ण भएपनि बाबा-आमा र आफन्तले यो विवाहलाई सहर्ष स्वीकार गरेको नरेन्द्र बताए।

आइतबारको समारोहमा छोरा-बुहारीको इच्छा बमोजिम नै आफूले विवाह गरिदिएको भन्दै नरेन्दका बुबा फत्तेसिंह र आमा देउरुपाले बताए।विद्यालयका शिक्षक, विद्यार्थीलगायत अन्य स्थानीय समाजसेवी तथा आफन्तको उस्थितिमा नरेन्द्र र रिनाले एक-अर्कालाई टिका र माला लगाइ दिएर विवाह सम्पन्न गरे।

सरस्वती माविका साथै रोल्पाको थवाङमा रहेको जलजला मावीलाई पनि नरेन्द्रको परिवारको तर्फबाट नगद १ लाख हस्तान्तरण गरिएको थियो।साथै उनको परिवारले सहिद दीर्घको छोरी सिजमाया घर्ती, बुबाआमा गुमाएकी  हेमकुमारी पुन र दलित विपन्न छात्र बालकेश नेपालीलाई उच्च शिक्षाका लागि जनही ५०/५० हजार प्रदान गरेको थियो।

यसरी नरेन्द्रले आफ्नो विवाहमा अनुमान गरिएको खर्च रकम ५ लाख १ हजार विद्यालय र असाह्य विद्यार्थीका लागि समर्पन गरेका हुन्। उनको यो प्रयासलाई उनका गुरु, शुभचिन्तक एवम् अन्यले उदाहरणीय काम भन्दै प्रशंसा समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.