बैतडीका ९ स्थानीय तहमा प्रहरीचौकी

बैतडीका ९ स्थानीय तहमा प्रहरीचौकी

 बैतडी : जिल्लाका १० वटा स्थानीय तहमध्ये ९ तहका केन्द्रमा प्रहरीको उपस्थिति रहेको छ।शान्ति सुरक्षा कायम गर्न स्थानीय तहका केन्द्रमा प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए । 

उनले स्थानीय तहका केन्द्रमै सेवाग्राही बढी आउने गरेका जानकार दिए।तहका केन्द्रमा बैकिङ सेवा सुचारु भएपछि प्रहरीले उपस्थिती जनाएको हो। स्थानीय तह स्थापना भएपछि सुर्नया, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका केन्द्रमा प्रहरीचौकी स्थापना गरिएको प्रहरी नायव उपरीक्षक गिरीले बताए। उनले दशवटा स्थानीय तहमध्ये ६ वटामा पहिला नै प्रहरीको उपस्थिती रहेको बताए।तीन ठाउँमा चालु आर्थिक वर्षमा प्रहरीचौकी स्थापना गरेको उनले जानकारी दिए।

प्रहरीचौकी नभएको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा पनि प्रहरीचौकी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा अनुरोध गरिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए। 

स्थानीय तहको केन्द्रमा अस्थायी प्रहरीचौकी स्थापना भएपछि कामकाजमा सहजता आएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए। उनले स्थानीय सरकारको केन्द्र भएको ठाउँमा प्रहरीको उपस्थितिले कानुन कार्यान्वयनमा सहजता ल्याएको बताए।

शिवनाथ गाउँपालिकाको केन्द्रमा अस्थायी प्रहरीचौकी स्थापना भएपछि बैंकले समेत आफ्नो सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। ग्रामीण क्षेत्रमा हुने विभिन्न खालका सामाजिक विकृति, अपराध न्यूनीकरणमा प्रहरीको उपस्थितिले सहयोग पुग्ने सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेश शाहले बताए। उनले भने, 'प्रहरी जति गाउँमा पुग्नसक्यो त्यति नै नागरिक र प्रहरीबीचको सम्बन्ध बलियो हुन्छ।'

स्थानीय तहका केन्द्रमा प्रहरीको उपस्थिति सामुदायिक प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावकारी हुने प्रहरी नायव उपरीक्षक गिरीले बताए। उनले जिल्लाभरी ३० युनिटबाट सेवा दिइरहेको बताए। 'जति हाम्रा युनिट विस्तार हुन्छन् त्यति नागरिक र हामीबीचको सम्बन्ध बलियो हुन्छ, उनले भने।' 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.