भारत-पाकिस्तानलाई नेपालले भन्यो : संयम भएर संवादबाट समाधान खोज्नू

भारत-पाकिस्तानलाई नेपालले भन्यो : संयम भएर संवादबाट समाधान खोज्नू

काठमाडौँ : दुई छिमेकी मुलुक भारत-पाकिस्तानबीच युद्धको अवस्था उत्पन्न भएपछि नेपालले संयमता अपनाएर वार्ताबाट समाधान खोज्न अपिल गरेको छ। कश्मीरको पुलवामामा फेब्रुअरी १४ का दिन ४६ भारतीय अर्धसैनिक बलका जवान मारिने गरी आत्मघाती आक्रमण भएपछि यी दुई देश अहिले युद्धको अवस्थामा पुगेका छन् । 

भारतले मंगलबार सबेरै बिहान पाकिस्तानको बालकोट क्षेत्रमा लडाकु जहाजबाट बम आक्रमण गरेपछि पाकिस्तानले त्यसको उचित जवाफ दिने बताएको छ । बुधबार मात्रै पाकिस्तानी क्षेत्रमा भारतीय लडाकु जहाज झारेर त्यसका पाइलटलाई नियन्त्रणमा लिएको दाबी पाकिस्तानले गरेको छ। 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का दुई सदस्य राष्ट्र युद्धको मोर्चामा आमनेसामने भएपछि अध्यक्ष राष्ट्र नेपालले संयमता अपनाएर संवादबाट समाधान खोज्न भनेको हो । 

परराष्ट्र मन्त्रालयले बुधबार प्रकाशित गरेको विज्ञप्तीमा भारत-पाकिस्तानको तनावको समाधान शान्तिपू्णरुपमा हुनुपनर्ने जनाएको हो । सार्कको अध्यक्ष राष्ट्र नेपालले नेपालले दक्षिण एसियाली क्षेत्रमा शान्ति र स्थिरताको महत्व बुझिदिन पनि दुवै राष्ट्रलाई आग्रह गरेको छ। 

नेपालले फेब्रुअरी १४ मा भारतको कश्मीरस्थित पुलवामामा भएको चरमपन्थी आक्रमणको निन्दा-भर्त्सना गरिसकेको पनि स्मरण गराएको छ । 'दक्षिण एसिया क्षेत्रमा शान्ति र स्थिरताको महत्व बुझेर सार्कको अध्यक्ष राष्ट्रका रूपमा हामी दुवै देशलाई यो क्षेत्रको शान्ति र सुरक्षामा चुनौती बढ्ने गरी अघि नबढ्न आग्रह गर्छौँ', परराष्ट्रले भनेको छ, 'अहिलेको अवस्थामा बढी भन्दा बढी संयमता अपनाउन हामी आग्रह गर्छौँ ।'

सार्कको अध्यक्ष राष्ट्र नेपालले अहिलेको जटिल परिस्थितिलाई सामान्यीकरण गर्दै तनाव घटाउने दिशातर्फ अघि बढेर संवादबाट निकास निकाल्न पनि दुवै देशलाई आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.