जाजरकोटमा सातौं पटक हिमपात, खोला र मुलको पानी जम्यो

जाजरकोटमा सातौं पटक हिमपात, खोला र मुलको पानी जम्यो

जाजरकोट : जाजरकोटका उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भू-भागमा सातौं पटक भारी हिमपात भएको छ। गत पुस देखि पटक पटक गरी सात पटक हिमपात भएको हो। कुनै वर्ष एक पटक पनि हिमपात नहुँदा चिन्तित हुने यहाँका किसान यसपटक भने पटक-पटक हिमपात हुँदा दिक्‍क भएका छन्।

हिमपातसँगै अत्याधिक चिसो बढेपछि यहाँको जनजीवन कष्टकर भएको छ। स्थानीय घरबाहिर निस्कन सकिरहेका छैनन्। बुधबार बिहानैदेखि जिल्लाको उच्च भू-भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परेपछि विद्यालयमा पठनपाठन समेत हुन सकेन ।

जिल्लाका सबै विद्यालय बन्द छन्। हिमपातले खलंगा पाँचकाटिया पैक सडक समेत बन्द भएको छ। गाडी बन्द हुँदा यात्रुहरु गन्तव्यमा पुग्न सकिरहेका छैनन्। हिउँपरेपछि वातावरण सफा हुनुका साथै पानीका मुहानहरु नसुक्ने, सिंचाई असुविधा भएका पाखोवारीमा लगाएको अन्नपात, फलफूल र तरकारी खेति सप्रने कुशे ५ का कालीप्रसाद थापाले बताए।

अविरल वर्षात्सँगै परेको हिमपातले जिल्लाको ग्रामीण जनजीवन निकै कष्टकर बनेको उनले बताए। हिमपातले चिसो बढेपछि जिल्लाको ग्रामीण भेगका मानिसको दैनिक जनजीवनका साथै विद्यालयको पठनपाठन र र अन्य कामकाज नराम्रोसँग प्रभावित भएको थापाले बताए।

जिल्लाको भेरी, छेडागाड, नलगाड नगरपालिका कुसे गाउँपालिका, वारेकोट गाउँपालिका, शिवालय गाँउपालिका र जुनीजाँदे गाउँपालिकाका विभिन्न वस्तीमा भारी हिमपात भएको छ। कुसे गाउँपालिकाको पैंक, पाँचकटिया, समाइला वारेकोटका रामीडाडा, रोकायगाउँ नायकवाडा लगाएतका गाउँ र वस्तीहरुमा हिमपात अत्यधिक भएको हो। ती स्थानमा चार फिटसम्म हिमपात भएको छ।

हिमपातका कारण डाँडाकाडा र वस्तीहरु सेताम्य भएको खोला र मुलको पानी जमेकोले स्थानीयको दैनिक जीवन कष्टपूर्ण भएको बारेकोट १ का चन्द्र खड्काले बताए।उनले किसानी गरेर खाने र गाई भैसी पालेका सर्वसाधारणलाई झन बढी समस्या परेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.