मन्त्री सवार हेलिकप्टर दुर्घटनाको गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

मन्त्री सवार हेलिकप्टर दुर्घटनाको गहिरो अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ताप्लेजुङमा भएको हेलिकप्टर  दुर्घटनाको गहिरो अध्ययन अनुसन्धन गर्न माग गरेको छ । 

बुधबार दिउँसो ताप्लेजुङमा हेलिकप्टर  दुर्घटना हुँदा सांस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै कांग्रेसले सरकारसँग यस्तो माग गरेको हो । 

‘ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत सात जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ’, कांग्रेस सभापति देउवाले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएको छु ।’ 

सभापति देउवाले मन्त्री अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेता भएको सम्झना गरेका छन् । ‘विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो’, देउवाले नेपाल सरकार, नेकपा र मन्त्री अधिकारीको परिवारप्रति समवेदना व्यक्त गरेका छन्, ‘उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कप्युनिस्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’ 

सँगै सभापति देउवाले दुर्घटनामा ज्यान गुमाएका यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको बताएका छन् । उनले घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको उल्लेख गरेका छन् । 

त्यसैगरी दुर्घटनामा मन्त्रीसहित  सातजनाको मृत्यु भएकोप्रति विवेकशील साझा पार्टीले दुःख व्यक्त गरेको छ । 

‘यस दुखद घडीमा विवेकशील साझा पार्टी भावपूर्ण श्रद्दान्जली व्यक्त गर्दछ’, पार्टी प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा थप भनिएको छ, ‘यस्ता घटना दोहोरिन नदिन दुर्घटनाको कारण यथासक्य छिटो पत्ता लगाउने तर्फ गम्भीर पहलका लागि पनि हामी सरकारलाई आग्रह गर्दछौँ।’ 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.