कर्णालीमा संसदको हिउँदे अधिवेसन सुरु

कर्णालीमा संसदको हिउँदे अधिवेसन सुरु

सुर्खेतः कर्णालीमा प्रदेशसभाको तेस्रो अर्थात् हिउँदे अधिवेसन सुरु भएको छ। गत कार्तिक २१ गते दोस्रो अधिवेसन अन्त्य भएको थियो। करिब चार महिनापछि प्रदेशसभाको तेस्रो अधिवेसन बुधबारबाट सुरु भएको हो। 

बुधबारको बैठकमा दुईवटा विधेयक टेबुल भएका छन्। बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेश सार्वजनिक प्रशारण र शुसासन कायम गर्ने सम्बन्धी विधेयक संसद बैठकमा टेबुल गरेका हुन्। सरकारले विजनेस नदिएका कारण संसद बैठक लामो समयसम्म बस्न सकेको थिएन। तर सरकारले अब विभिन्न विधेयक तयार पारेकाले संसदले काम पाएको संसद सचिवालयले जनाएको छ।

संसद हिउँदे अधिवेसन सुरु भएसँगै सांसदले सरकारका कामको मुल्याकंन गर्न थालेका छन्। एक वर्षको अवधिमा प्रदेश सरकारको गति सुस्त भएको सांसदको गुनासो छ। बुधबारको संसद बैठकमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि सत्ता र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए।

अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था फरक खालको भएकाले पनि सत्ता र प्रतिपक्ष मिलेर विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। यस्तै प्रदेश सांसद यामलाल कँडेलले केन्द्र र प्रदेशबीच देखिएको अधिकार बाँडफाँडलगायतका समस्या समाधान गर्न प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने बताए।

जनताले नतिजा खोजेको भन्दै उनले प्रदेश सभालाई विश्वासमा लिएर काम गर्न प्रदेश सरकारलाई आग्रह गरे। गठन भएको एक वर्षमा प्रदेश सरकारले कर्मचारी अभाव र केन्द्रले आवश्यक कानुन निर्माण नगर्दा काम गर्न नसकिएको जनाएको छ। बैठकमा सांसद शोशिला शाहीले प्रदेशले एक वर्षमा अपेक्षाअनुसार काम गर्न नसकेको बताइन्। संसदको अर्को बैठक शनिबार बस्नेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.