रवीन्द्र अधिकारी सहभागी राजधानीको त्यो अन्तिम औपचारिक कार्यक्रम

रवीन्द्र अधिकारी सहभागी राजधानीको त्यो अन्तिम औपचारिक कार्यक्रम

काठमाडौं : चिनियाँ चलचित्र महोत्सवको १२औं संस्करण संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र चिनियाँ राजदूत होउ याङ्छीले संयुक्त रूपमा मंगलबार उद्घाटन गरेका थिए।

लेख्न पनि कठिन हुन्छ। उनै अधिकारी आज हामीमाझ छैनन्। बुधबार ताप्लेजुङमा  भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सातजनाको मृत्यु भयो।

पाथिभरा दर्शन गरेर काठमाडौंका लागि उडेको मन्त्री सवार हेलिकप्टर फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भएको हो।  

क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित सातजना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङ पुगेको थियो।

हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ,  मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे,  प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल,  नेपाल नागरिक उड्न प्राधिकरण इन्जिनियर धुब्रदास भोछिभया, हेलिकप्टर क्याप्टेन प्रभाकर केसी सवार थिए। 

मन्त्रीकै उपस्थितमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमा  चीन बुझाउने डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। उक्त डकुमेन्ट्री मन्त्री अधिकारीले पनि उत्सुकताका साथ हेरेका थिए। कार्यव्यस्तताका कारण त्यसपछि प्रदर्शन गरिएको चिनियाँ फिल्म ‘वाकिङ टु स्कुल’ भने उनले हेरेनन्।

उद्घाटन मन्तव्यका क्रममा उनले नेपाल चीन सम्बन्ध ऐतिहासिक रहेको बताउँदै महोत्सवको माध्यमबाट चिनियाँ संस्कृति, विकास, प्रविधि, प्रवृत्ति र कथा थाहा हुने बताएका थिए। दुई देशबीच आगामी दिनमा पनि यसरी नै फिल्म आदानप्रदान हुन सके सांस्कृतिक सम्बन्ध विकास र विस्तार  हुँदै जाने विश्वास उनको थियो।

मन्त्री अधिकारीको मन्तव्य चिनियाँ भाषामासमेत अनुवाद गरिएको थियो। अनुवादकको सजिलाका लागि उनले सरल र मिठा वाक्यमा आफ्ना धारणा राखेका थिए। त्यो मन्तव्य नै राजधानीका औपचारिक कार्यक्रममा उनको अन्तिम भयो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.