पीएसएलमा सन्दीपको चमत्कारिक प्रदर्शन : १० रन खर्चेर ४ विकेट

पीएसएलमा सन्दीपको चमत्कारिक प्रदर्शन : १० रन खर्चेर ४ विकेट

काठमाडौं : लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) मा पनि चमत्कारिक प्रदर्शनलाई यथावत् राखेका छन्। बुधबार क्वेटा ग्लाडियटर्सविरुद्धको खेलमा उनले चार विकेट लिएका छन्। लाहोर क्वालेन्डर्सका उनले चार ओभर बलिङ गर्दै १० रन खर्चेर चार विकेट लिएका हुन्। 

सन्दीपले आफ्नो टिम लाहोर क्वालान्डर्स र क्वेटा ग्लाडियटर्ससँगको खेलमा चमत्कारिक प्रदर्शन गरेका हुन्। चार ओभरमा चार विकेट लिएका सन्दीपले सेन वाट्सन, उमर अकमल, रिली रोस्सु र डेनिस अजिजलाई पेभिलियन फर्काएका थिए। 

चौथो ओभरमा बलिङ गर्न पुगेका सन्दीपले चौथो बलमा सेन वाट्सनलाई एलबिडब्लु धरापमा पारे। 

छैटौं ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर मैदान छिरेका सन्दीपले पहिलो बलमै रिली रोस्सुलाई आउट गरे। छैटौं ओभरकै अन्तिम बलमा उनले उमर अकमललाई आउट गरे। 

सन्दीपले आठौँ ओभरको तेस्रो बलमा अजिजलाई आउट गरेका हुन्। सन्दीपले पहिलो खेलमा तीन विकेट लिएकाा थिए भने दोस्रो खेलमा एक विकेट झारेका थिए। बुधबारको खेलमा चमत्कारिक प्रदर्शन गर्दै चार विकेट लिएका हुन्। 

बुधबार सन्दीपको टिम लाहोरले ग्लाडियटर्सलाई ८ विकेटले पराजित गरेको छ। १०७ रनको लक्ष्य पछ्याएको लाहोरले दुई विकेटको क्षतिमा १६.३ ओभरमा लक्ष्य पूरा गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.