लिभरपुल र आर्सनलको गोल वर्षा, म्यानचेस्टर सिटी र युनाइटेड पनि विजयी

लिभरपुल र आर्सनलको गोल वर्षा, म्यानचेस्टर सिटी र युनाइटेड पनि विजयी

लन्डन :  इङ्लिस प्रिमियर लिग फुटबलको बिहीबार विहान खेलिएको खेलमा अधिकांश बलिया टोलीले स्वभाविक जित हात पारेका छन् । लिभरपुल र आर्सनलले भने विपक्षीको पोष्टमा गोल वर्षा नै गरे ।

लिभरपुलले घरेलु मैदानमा वाट्फोर्डलाई ५-० गोलले हरायो । अर्को खेलमा आर्सनलले पनि घरेलु मैदानमै बर्नमाउथमाथि ५-१ गोलको जित हासिल ग¥यो । म्यानचेस्टर सिटीले घरेलु मैदानमा वेस्टहाम युनाइटेडलाई १-० गोलले हरायो भने म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा ३-१ गोलले पाखा लगायो ।

चेल्सीले भने घरेलु मैदानको फाइदा उठाउँदै बलियो प्रतिद्वन्द्वी टोट्टनहामलाई २-० गोलले हारको स्वाद चखायो । यसैगरी बिहीबार विहान नै खेलिएको अर्को खेलमा साउथह्याम्पटनले पनि आफ्नै मैदानमा फुलहामलाई २-० गोलले पराजित गर्‍याे ।

‘लिग लिडर’ भिलरपुलको जितमा सादियो माने र भिर्जिल भान जिकले दुई/दुई गोलको योगदान गरे । मानेले खेल सुरु भएको नवौं र २०औं तथा भान जिकले ७९औं र ८२औं मिनेटमा गोल गरेका थिए । अर्को एक गोल भने ६६औं मिनेटमा डिभोक ओरिगीले गरेका थिए । मानेले जारी सिजनको प्रिमियर लिगमा क्लबका लागि गरेको गोल सँख्या १४ पुगेको छ ।

लिभरपुलले एनफिल्डमा खेलिएको प्रिमियर लिग खेलमा आफ्नो अपराजित यात्रा ३५ पुर्‍याएकाे छ । वाट्फोर्ड भने प्रिमियर लिगको इतिहासमा विपक्षीको मैदानमा खेलिएको लगातार तीन खेलमा एउटै प्रतिद्वन्द्वीसँग पाँच वा सोभन्दा बढी गोल खाने पहिलो क्लब बनेको छ ।

यसैगरी बर्नमाउथविरुद्घको खेलमा आर्सनलका लागि मेसुट ओजिल, हेनरिक मखतरियन, लाउरेन्ट कोसियल्नी, पियर एमरिक र एलेक्जेन्डर लाकाजेट्टीले एक/एक गोल गरेका थिए । वेस्टहामविरुद्घको खेलमा म्यानचेस्टर सिटीका लागि भने एकमात्र गोल सर्जियो एग्वेरोले गरेका थिए । उनले निर्धारित समयको ५९औं मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि निर्णायक गोल गरेका हुन् ।

यसैगरी क्रिस्टल प्यालेसविरुद्घको खेलमा म्यानचेस्टर युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोलको योगदान गरे । उनले खेल सुरु भएको ३३औं र ५२औं मिनेटमा गोल गरेका थिए । अर्को एक गोल भने ८३औं मिनेटमा आस्ले योङ्ले थपेका थिए ।

बलियो प्रतिद्वन्द्वी टोट्टनहामविरुद्घको खेलमा भने चेल्सीका लागि पेड्रोले ५७औं मिनेटमा पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा ६ मिनेटअघि टोट्टनहामका काइरन ट्रिपियरबाट आत्मघाति गोल भएपछि चेल्सीले सजिलो जित हात पारेको थियो । माथिल्ला पाँचवटै टोलीले २८÷२८ खेल खेलिसक्दा लिभरपुल ६९ अंकसहित पहिलो स्थानमा छ ।

म्यानचेस्टर सिटी ६८ अंकसहित दोस्रो र टोट्टनहाम ६० अंकसहित तेस्रो स्थानमा आसिन छन् । ५६ अंकसहित आर्सनल चौथो र ५५ अंकसहित म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा रहेका छन् । चेल्सी भने ५३ अंकसहित तालिकाको छैटौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.