पर्यटनमन्त्री अधिकारीको निधनमा आज राष्ट्रिय शोक, सार्वजनिक बिदा

पर्यटनमन्त्री अधिकारीको निधनमा आज राष्ट्रिय शोक, सार्वजनिक बिदा

काठमाडौं : सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा भएको मृत्युमा राष्ट्रिय शोक घोषणा गरेको छ। प्रधानमन्त्री निवास वालुबाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोक घोषणा गर्दै आज देशभरि र विदेशस्थित कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।

राष्ट्रिय शोकका दिन सरकारी कार्यालयमा राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ। दुर्घटनामा निधन भएकाहरूको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री थापाले बताए।

मन्त्रिपरिषद् बैठकले अकल्पनीय, अप्रत्याशित र दुःखद घटनाले राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै सरकारले दुःखद घडीमा गहिरो दुःख र शोक व्यक्त गर्दै परिवारजनमा समवेदना र सहानुभूति प्रकट पनि गरेको छ। बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सवार ७ जनाकै मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.