आठौं राष्ट्रिय खेलकुद : उद्घाटनअघि नै ‘आउट डोर’ खेल

आठौं राष्ट्रिय खेलकुद : उद्घाटनअघि नै ‘आउट डोर’ खेल

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि नै ‘आउट डोर’ खेलहरू सुरु गरिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०७५ सालभित्रै प्रतियोगिता सम्पन्न गर्ने लक्ष्यका साथ पुरुष फुटबलबाहेकका अधिकांश ‘आउट डोर गेम’ को प्रतियोगिता उद्घाटनअघि नै सुरु गर्ने तयारी गरेको छ।

निर्धारित समयमैै प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यास अनुरूप केही खेलका प्रतियोगिता उद्घाटनअघि नै सुरु गर्न लागिएको हो। पुरुष फुटबल भने उद्घाटन समारोहको भोलिपल्ट नेपालगन्ज रंगशालामा सुरु हुनेछ।

नेपालगन्ज रंगशालामा नै राष्ट्रपति विद्यादेवी भण्डारीले आठौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने कार्यक्रम छ। राखेप सदस्यसचिव केशवकुमार विष्टले चैत १५ गतेदेखि अधिकांश खेल सुरु हुने बताए। ‘कुनै पनि हालतमा हामी चैत ३० गतेअघि नै आठौं राष्ट्रिय खेलकुद सम्पन्न गर्ने योजनामा छौं। त्यसैले उद्घाटनअघि नै केही खेलका प्रतियोगिता सुरु गर्नेर्छौं’, सदस्यसचिव विष्टले भने, ‘महिला फुटबल, हक्की, ह्यान्डबल, बास्केटबल, क्रिकेटलगायतका खेलहरू उद्घाटन समारोहअघि नै सुरु गरिनेछ।’

जिल्ला स्तरको छनोट सम्पन्न भइसकेको र फागुन मसान्तभित्र प्रदेश स्तरको छनोट पनि सकिने जानकारी सदस्यसचिव विष्टले दिए। त्यसपछि दुई सातासम्म छनोट भएका खेलाडीको लागि बन्द प्रशिक्षण सञ्चालन गरिने उनले बताए। आठौं राष्ट्रिय खेलकुदका लागि अधिकांश खेल पूर्वाधार अन्तिम चरणमा पुगेका छन्। प्रादेशिक खेलकुद विकास समिति समिति प्रदेश नम्बर ५ का अध्यक्ष भीम ओलीले पूर्वाधार निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिए।

ओलीले भने, ‘बेलझुन्डी रंगशालाको कामबाहेक सबै पूर्वाधार प्रतियोगिताअघि नै बनिसक्नेछन्। नेपालगन्ज रंगशालाको भीआईपी प्यारापिटको सामान कोलकाता आइसकेको छ। अब चाँडै नेपालगन्ज आउँछ। पूर्वाधारकै कारण प्रतियोगिता रोक्नुपर्ने कुनै कारण छैन।’ नेपालगन्ज रंगशालाको भीआईपी प्यारापिटको फाउन्डेसनको काम धमाधम भइरहेको छ। रंगशालाको मैदानमा बरमुण्डा दुबो रोप्ने काम सम्पन्न भइसकेको छैन। ५२ हजार स्क्वायर फिटमा रोपिएको दुबोमध्ये दोस्रो लटको झन्डै १० हजार स्क्वायर फिटको दुबो फेरि रोप्नुपर्ने जानकारी दुबोको रेखदेख गरिरहेको काठमाडौंको गौतम नर्सरीका भीमसेन गौतमले दिए।

मैदानमा ९२ हजार स्क्वायर फिट दुबो रोपिनेछ। प्यारापिट आइसकेपछि चैतको दोस्रो सातासम्ममा प्रतियोगिता आयोजना गर्न सकिने प्रादेशिक खेलकुद विकास समितिले जनाएको छ। यद्यपि राखेपले भीआईपी प्यारापिटको अवस्था हेरेर मात्र ढिलोमा चैत्र मसान्तचित्र प्रतियोगिता सम्पन्न गर्ने गरी प्रतियोगिताको मिति तोक्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.