लगानीसम्बन्धी सबै कानुन संशोधन

लगानीसम्बन्धी सबै कानुन संशोधन

काठमाडौं : लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्ने जमर्काे गरेको छ । कानुनहरू एकीकृत हुँदा विदेशी लगानी भित्र्याउन सहज बन्ने सरोकारवालाहरू बताउँछन् ।

विगतमा पनि सरकारले लगानी सम्मेलन गर्दै आएको छ । विभिन्न मुलुकबाट लगानी प्रतिबद्धता आउने गरेका छन् । यद्यपि प्रतिबद्धताअनुसार लगानी नभित्रिँदा सम्मेलनको प्रभावकारीतामाथि प्रश्न उठ्ने गरेको छ । विभिन्न कानुनमा छरिएका विदेशी लगानीसम्बन्धी व्यवस्थाले लगानीकर्तालाई झन्झट र दुविधा उत्पन्न भएको निष्कर्षमा सरकार पुगेको छ । त्यसैले छरिएका व्यवस्थालाई एकैठाउँमा ल्याई विदेशी लगानीसम्बन्धी कानुन एकीकृत गर्न लागिएको हो ।

सरकारले तयार गरेको उक्त विधेयकले विदेशी कम्पनी आर्कषण गर्न सबै सेवा एकै स्थानमा दिने व्यवस्थालाई प्रमुख उपलब्धिका रूपमा रहेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । उनले भने, ‘विदेशी लगानीकर्ताले लगानी गर्न चाहे कम्पनी दर्तादेखि कर कार्यालयजस्ता निकायमा धेरै धाउन पर्दैन । सबै सेवा एकै स्थानबाट पाउने व्यवस्था छ । विधेयकले एकल बिन्दु सेवा केन्द्रमार्फत सेवा उपलब्ध गराइनेछ ।’

सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न नीतिगत व्यवस्था रहे पनि ऐनको रूपमा ल्याइएको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ ले यसलाई अझ कानुनी रूपमा व्यवस्था गरेको छ ।’

सरकारले विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गरेर विधेयक तयार पारेको छ । प्रस्तावित विधेयकलाई सोमबार प्रतिनिधिसभामा पेस गरिएको छ । उक्त विधेयक पास भएसँगै विदेशी लगानीको गाठो फुकाउन सकिने विश्वास सरकारको छ । संसद्बाट पास भएपछि विदेशी लगानीसम्बन्धी ऐन, २०७५ को रूपमा जारी हुने विधेयकमा उल्लेख छ ।

वभिन्न कानुनमा छरिएर रहेका विदेशी लगानीसम्बन्धी व्यवस्थाले लगानीकर्तालाई झन्झट र दुविधा उत्पन्न गरेको छ ।

 

चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनलाई लक्ष्य गरी सरकारले ऐन कानुन संशोधनको प्रक्रिया अघि बढाएको हो । सरकारले विदेशी लगानीकर्तालाई यस ऐन तथा प्रचलित अन्य कानुनबमोजिम उद्योग दर्तादेखि बहिर्गमनसम्मका सबै सेवा प्रदान गरिने विधेयकमा उल्लेख छ । उक्त विधेयकले विदेशी कम्पनीलाई सहजता प्रदान गर्नेछ ।

नेपाली कम्पनीले अहिले विदेशी मुद्राको कारोबार गर्न पाउदैनन् । तर, उक्त विधेयकले विदेशी मुद्राको कारोबारमा विदेशी लगानीकर्तालाई छुट दिएको छ । नेपालमा आएर उनीहरूले विदेशी मुद्रा रहने बैंक खाता खोल्न सक्ने र सोबाट कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै नेपाली मुद्रामा पनि कारोबार गर्न सक्ने व्यवस्था गरेको हो । नेपालमा आर्जन गरेको नाफा रकम सबै विदेश लैजान पाउने व्यवस्था छ । त्यसमा नेपालमा भुक्तानी गर्नुपर्ने सबै कर चुक्ता गरेको हुनुपर्नेछ ।

विदेशी लगानीकर्ताले आफ्नो लगानी भएको क्षेत्रमा काम गर्ने कामदारको हकमा उच्च पदस्थ कर्मचारी ल्याउन पाउने व्यवस्था गरेको छ । त्यस्तै प्राविधिक जनशक्ति पनि आवश्यक परेको खण्डमा ल्याउन सक्ने व्यवस्था गरेको हो । नेपाली उद्योग सरह सुरक्षा विदेशी कम्पनीलाई पनि दिने व्यवस्था उक्त विधेयकमा गरिएको छ ।

लगानीकर्ता नेपाल आवतजावत गर्दासमेत सरकारले सुविधा दिने भएको छ । विधेयकअनुसार नेपाल आउन चाहनेलाई ६ महिनाको गैरपर्यटक भिसा दिने व्यवस्था छ । त्यस्तै नेपालमा लगानी भइसकेको हकमा भने लगानीकर्ता र उसको एक जना प्रतिनिधिलाई नेपालमा व्यवसाय सञ्चालन गरुनजेलसम्म भिसाको व्यवस्था गर्नेछ ।

विदेशीले पहिलो लगानी सम्मेलनमा पनि उठाएको जग्गा उपलब्धिको विषयलाई यो विधेयकले स्पष्ट व्यवस्था गरेको छ । यो विधेयकमा कुनै स्थान विशेषमा लगानी गर्न चाहेको खण्डमा प्रचलित कानुनअनुसार जग्गा खरिद गर्नुपर्नेछ । त्यस्तै विदेशी लगानीकर्ताले विशेष आर्थिक क्षेत्रमा पनि उद्योग व्यवसाय सञ्चालन गर्न पाउनेछन् । जसमा सरकारले नै जग्गा उपलब्ध गराएको हुन्छ ।

उक्त विधेयकमा विदेशी लगानीकर्ताले सञ्चालन गरेको उद्योग व्यवसायलाई राष्ट्रियकरण नगर्ने उल्लेख छ । सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ संसद्मा पेस भएर अहिले छलफलको अवस्थामा छ । विदेशी विनिमय ऐन २०२० परिमार्जन गर्न नेपाल राष्ट्र बैंकले खाका बनाइरहेको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ संशोधनको प्रक्रियामै छ । सार्वजनिक खरिद ऐन २०६३, औद्योगिक व्यवसाय ऐन २०७३, कम्पनी ऐन २०६३ पनि संशोधनको प्रक्रियामै छ । त्यस्तै श्रम नियमावली २०७५ पनि निर्माणाधीन छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.