वैदेशिक राेजगारीका लागि ६ देशसँग श्रम सम्झाैताको तयारी

वैदेशिक राेजगारीका लागि ६ देशसँग श्रम सम्झाैताको तयारी

काठमाडौं : रोजगारीमा जाने देशसँग सरकारले श्रम सम्झौतालाई तीव्रता दिने भएको छ । श्रम गन्तव्यमा पुग्न लाग्ने लागत, पारि श्रमिक र सामाजिक सुरक्षालाई केन्द्रबिन्दुमा राखेर सरकारले श्रम बजार उपलब्ध गराउने मुलुकसँग सम्झौता गर्न लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेका अनुसार वैदेशिक रोजगारीमा जाँदा लाग्ने लागत न्यूनीकरण गर्न र ठगी रोक्न सरकारले विभिन्न मुलुकसँग श्रम सम्झौताका लागि पहल अघि बढाएको छ । मौरिसस, यूएई, ओमन, साउदी अरब, जापान, कतारलगायतसँग श्रम सम्झौताको तयारी अघि बढेको उनले जानकारी दिए । ‘कामदार जाने मुलुकसँग सम्झौता प्रक्रिया अघि बढाएका छौैं’, उनले भने, ‘केही देशसँग सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने केहीसँग छलफल सुरु भएको छ ।’

घिमिरेका अनुसार जापानसँग मार्च महिनाभित्रै सम्झौता गर्ने तयारी छ । रोजगारीमा जाने प्रायः सबै देशसँग श्रम सम्झौता गर्ने नीति सरकाले लिएको छ । कामदारको सुरक्षाका लागि सर्वोेच्च अदालतले पनि केही समयअघि श्रम सम्झौता गरेर मात्र कामदार पठाउन सरकारलाई आदेश दिएको थियो । सहसचिव घिमिरेका अनुसार शून्य लागतमै कामदार पठाउने गरी श्रम सम्मmौता गर्न लागिएको हो । तल परेर सम्झौता नगर्ने पक्षमा मन्त्रालय छ । ‘कतिपय अवस्थामा शून्य लागतमात्रै भनेर हँुदैन’, उनले भने, ‘पारि श्रमिकका आधारमा केही देशमा लागत बढी हुन सक्छ ।’

श्रम सम्झौताका लागि सरकारले मौरिससमा मस्यौदा पठाएको छ । मौरिसस गन्तव्य मुलुक नभए पनि खाडीको तुलनामा आकर्षक कमाइ हुने देशमा पर्छ । अस्पताल, उद्योगलगायत क्षेत्रमा नेपाली कामदार लैजान मौरिसस इच्छुक देखिन्छ ।

सरकारी अधिकारीले केही समयअघि यूएई र ओमनमा पुगेर सम्झौताका लागि दुई देशका प्रतिनिधिसँग छलफल गरेका थिए । ती देशमा नेपालले शून्य लागतमै कामदार जान पाउनुपर्ने गरी मस्यौदा पठाएको छ । त्यसको प्रतिक्रिया यूएईले पठाइसकेको छ । सरकारले पठाएकै प्रस्तावमा रहेर यूएई सम्झौता गर्न राजी भएको देखिन्छ । ओमनबाट भने प्रतिक्रिया आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

जापानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ । मार्च दोस्रो हप्तासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । छुट्टै संयन्त्र बनाएर जापानमा कामदार पठाउने विषयमा दुई पक्षबीच छलफल भएको छ । यसअघि प्रशिक्षार्थी कामदार लैजाने सम्झौता भए पनि प्रभावकारी कार्यान्वयनमा नआइ खारेज भएको थियो ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक सम्झौता भए पनि अझै मलेसिया रोजगारी खुल्न सकेको छैन । सम्झौता भएका कतार, यूएई र जापानसँग नयाँ ढंगले सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए । मन्त्रालयका अनुसार बहराइन, इजरायल, जोर्डनसँग सम्झौता भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । रोजगारीका लागि एक सय १० देश खुला गरिएका छन् । यसअघि आठवटा देशसँग सम्झौता भइसकेको छ ।

सम्झौता भएका दक्षिण कोरिया, जोर्डन र बहराइनमा पनि सीमितमात्रै कामदार जान सकेका छन् । दक्षिण कोरियामा द्विपक्षीय सम्झौतामार्फत वार्षिक सात हजार कामदार कोरिया पुग्ने गरेका छन् ।

श्रम सम्झौतामार्फत वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने सरकारको योजना रहेको प्रवक्ता रेग्मीले जानकारी दिए । वैदेशिक रोजगार विभागका अनुसार ४३ लाखभन्दा बढी युवा विदेशमा छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.