सूचना टाँसेर संसद बैठक स्थगित, मन्त्री अधिकारीले जवाफ दिने पालो थियो

सूचना टाँसेर संसद बैठक स्थगित, मन्त्री अधिकारीले जवाफ दिने पालो थियो

काठमाडौँ : प्रतिनिधि सभाको बिहीबार बस्ने बैठक सूचना टाँसेर स्थगित भएको छ । संस्कृति, पर्यटन तथा नगरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको शोकमा बैठक सूचना टाँसेर स्थगित भएको हो । 

सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो । सूचनामा मन्त्री अधिकारीसहितको निधनको शोकमा बैठक स्थगित गरिएको जनाइएको छ । 

ताप्लेजुङको फुङिलङस्थित तारेभिरमा बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टरका चालक क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।

आज स्थगित भएको प्रतिनिधिसभा बैठकमा मन्त्री अधिकारीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची थियो। बुधबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकमा मन्त्री अधिकारीलाई सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची बनाएको थियो । आज स्थगित भएपछि अर्को बैठक फागुन १७ गते शुक्रबार ३ बजे बस्ने जानकारी संसद् सचिवालयले दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.