सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने

सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने

काठमाडौं : बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ। 

सत्ताको नेतृत्वकर्ता नेकपाले पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीसहित सबैजनाको शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राख्ने निर्णय गरेको हो। 

‘ताप्लेजुङबाट काठमाडौँ ल्याएर पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुँडिखेलमा पार्थिव शरीर राखिनेछ’, नेकपा सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका सबै कमरेड, विभिन्न राजनीतिक दलका नेता तथा मित्र, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदायलाई अपरान्ह ३ बजेदेखि टुँडिखेलमा हुने श्रद्धाञ्जलीमा सहभागी हुन हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।’ 

नेकपा सचिवालय बैठकले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यलाई आवश्यक सहयोग गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए। 

सँगै बैठकले बिहीबार देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। त्यसैगरी नेकपाले फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलीसभा  गर्ने निर्णयसमेत गरेको छ।  

बुधबार ताप्लेजुङमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य प्रतिनिधिसभा सदस्य रविन्द्रप्रसाद अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे सवार  थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.