संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय चासो, जेनेभामा प्रस्ट्याउँदै परराष्ट्रमन्त्री

संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय चासो, जेनेभामा प्रस्ट्याउँदै परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानवअधिकार संरक्षण एवं प्रवर्द्धनप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट नेपाल विमुख नभएको बताएका छन्। मानव अधिकारको नियमित सेसनमा सहभागी भएपछिको भेटघाटमा समेत उनले नेपालको संक्रमणकालीन न्याको विषयमा अधिकांशसँग छलफल गर्नुपरेको हो।

उनले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग बुधबार जेनेभामा भएको भेटमा पनि मानवाधिकार रक्षामा नेपाल दृढ रहेको बताएको जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ।

लामो द्वन्द्वपछि सफलतापूर्वक टुंगिएको नेपालको शान्ति प्रक्रियाबारे धारणा ब्यक्त गरेका उनले लोकतान्त्रिक रुपान्तरण र त्यसपछिका कानुनी प्रक्रियाका विषयमा पनि भेटेका अधिकांशलाई जानकारी दिइरहेका छन्।

आफ्नो सम्बोधनमा पनि यी विषयमा उनले धारणा ब्यक्त गरिरहेका छन्। मुलुकको विकास प्रक्रिया र समावेशिताको विषयमा पनि त्यस्तै धारणा राखेको नियोगले जनाएको छ। जेनेभास्थित अधिकारीहरूका अनुसार नेपालको अन्तराष्ट्रिय न्यायबारे देखिएको चासो चानचुने भने छैन।

द्वन्द्वपीडितका चासोको सम्बोधन, सत्य निरुपण तथा मेलमिलापसम्बन्धी बाँकी विषय, सर्वोच्च अदालतको आदेश, मेलमिलापसहित द्वन्द्व पीडितलाई समाजमा पुनःस्थापना गर्न सरकारले गरिरहेको प्रयासबारे पनि उनले प्रष्टिकरण दिएका थिए।

ज्ञवालीले त्यहाँ आउने अधिकांशसँग साइडलाइन भेटवार्ता गरेका थिए। भेटवार्तामा कतिपयसँग दुईपक्षीय सम्बन्धका विषयमा पनि कुराकानी भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.