देउवाले भेटे निर्मलाको परिवार

देउवाले भेटे निर्मलाको परिवार

महेन्द्रनगर : पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मलाका परिवारलाई भेटेका छन्। शुक्रबार बिहान उल्टाखामस्थित निर्मला पन्तको घर पुगेका देउवाले हत्यारा पत्ता लाग्नेमा ढुक्‍क हुन आग्रह समेत गरेका छन्।  

'नाबालिकाको बलात्कारपछि हत्या भएको छ,'उनले भने, 'यो जघन्य अपराध हो, यस्ता अपराध गर्नेलाई छाड्ने कुरै हँदैन।' उनले नेपाली कांग्रेसले सुरुवातदेखि नै निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारबाही गर्न दबाब दिँदै आइरहेको भन्दै दबाब कायमै राखिने बताए। 

वास्तविक अपराधिलाई कानुनी कठघरामा ल्याएर कारबाही गरिनुपर्ने आफूहरुको माग रहेको भन्दै उनले ढिलो चाँडो वास्तविक हत्यारा कानुनी कठघरामा आउने प्रष्ट पारे। उनले निर्मलालाई न्याय दिने सवालमा आफ्नो पार्टीले कुनै कसुर बाँकी नराख्ने समेत प्रष्टाए। 

बिहीबार साँझ महेन्द्रनगर पुगेका कांग्रेस सभापति देउवा शुक्रबार बिहान भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित निर्मला पन्तकी आमा दुर्गादेवी पन्तसहित परिवारलाई भेट्न पुगेका थिए। पूर्व प्रधानमन्त्री समक्ष दुर्गादेवीले ७ महिना बितिसक्दा समेत छोरीका हत्यारा पक्राउ पर्न नसकेको भन्दै वास्तविक हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरिन्।

'न्याय माग्दा माग्दा थकित भइसके अब कहिले पो न्याय पाइने हो, देउवा समक्ष आग्रह गर्दै उनले भनिन्, 'सबैले सहयोग गरेका छन्, अझै छिटो छोरीका बलात्कारी पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सहयोग गरिदिन पर्‍यो।' निर्मलाकी दिदी मनिषा पन्तले पनि पूर्व प्रधानमन्त्रीलाई आफ्नी बहिनीका हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरिन्। 

भेटका क्रममा निर्मला पन्तको न्यायका लागि क्रियाशिल नागरिक संघर्ष समितिले समेत देउवालाई ज्ञापन पत्र बुझाएको थियो । संघर्ष समितिका संयोजक मिना भण्डारीले ७ महिना बितिसक्दा समेत हत्यारा पक्राउ नपरेको भन्दै पहल गरिदिन आग्रह गरिन्।

उनले न्यायका लागि भएको आन्दोलनका क्रममा घाइते भएकाको उपचारका लागि सरकारले ध्यान नदिएको भन्दै त्यसतर्फ समेत पहल गर्न माग गरिन्। उनले निर्मला हराएकै घरबाट अनुसन्धान हुनुपर्ने र प्रमाण मेट्ने प्रहरी कर्मचारीलाई कारबाही हुनुपर्ने माग समेत राखिन्। निर्मला पन्तका परिवारका सदस्यलाई भेट्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य एनपी सावद, पूर्व सभासद बहादुरसिंह थापा सहितका नेता कार्यकर्ता समेत पुगेका थिए। 

साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या भएको ७ महिना बितिसक्दा समेत अझै हत्यारा पत्ता लाग्न सकेको छैन्। नेपाल प्रहरीका विभिन्न टोलीले अनुसन्धान जारी राखेको बताए पनि अहिलेसम्म कुनै ठोस निष्कर्ष भने निस्केको छैन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.