मन्त्री अधिकारीको सम्झनामा पोखरामा स्मृति वाटिका
पोखरा : ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा पोखरामा वाटिकाको नामांकरण गरिने भएको छ। पोखरा ५ मालेपाटनमा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति वाटिका नामांकरण गर्ने निर्णय गरिएको हो।
मन्त्री अधिकारीले पुस्तकालाय र पुस्तकालायको नयाँ भवन निर्माणका लागि विशेष योगदान दिएकाले समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति वाटिका नामांकरण गर्ने निर्णय गरिएको पोखरा महानगरपालिकाका-५ का वडा अध्यक्ष तथा समाजका पूर्व अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।
पोखरा ३३ भरतपोखरी स्थायी घर भई पोखरा ५ मालेपाट बस्दै आएका मन्त्री अधिकारीले समाजले संचान गरेको भवन निर्माणका लागि ८ लाख जुटाएका थिए।समाजद्वारा निर्मित वाटिकाको समाजको रजत महोत्सवको अवसरमा मन्त्री अधिकारीले साउन ११ गते उद्घाटन गरेका थिए । पुस्ताकालय र वाटिकालाई थप आधुनिकीकरण समेत गरिने समाजकी अध्यक्ष गायत्री भुतेलले बताइन्।
समाजले स्थानीय जनप्रतिनिधि, समाजका पूर्वअध्यक्ष, सल्लाहाकार समेतको उपस्थितीमा वाटिकाको नाम रविन्द्र स्मृति वाटिका नामांकरण गर्ने निर्णय गरेको उनले बताइन्।