राष्ट्रियसभामा शोक प्रस्ताव पारित

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौं : शुक्रबारको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभा सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले पेश गरेको शोक प्रस्ताव बहुमतले पारित भएको हो। राष्ट्रियसभाको अर्को बैठक फागुन १९ गते दिउँसो १ बजे बस्ने छ। 
अध्यक्ष तिमल्सिनाले राष्ट्रियसभामा पेश गरेको शोक प्रस्ताव, ‘माननीय संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारीको ४९ वर्षको उमेरमा मिति २०७५ साल फागुन १५ गते बुधबारका दिन तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षण पश्चात पाथीभरा देवीको दर्शन गरी काठमाडौं फर्कने क्रममा ताप्लुजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ। यो बैठक दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गदर्छ।'

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.