रक्त सञ्‍चार केन्द्र नहुँदा रगतका लागि सेनाकै भर

रक्त सञ्‍चार केन्द्र नहुँदा रगतका लागि सेनाकै भर

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका-१ गुरुखोलाका मानबहादुर टेर सुत्केरी व्याथाले च्यापेकी भाइबुहारी लिएर करिब ६ महिना अघि जिल्ला अस्पताल बैतडीमा पुगे। अस्पतालमा पुग्दा चिकित्सकले अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने बताए। त्यसका लागि रगत दिने मान्छेको तयारी गर्न पनि सुझाए।तर टेरले रगत दिने मान्छे पाएनन्। रगत नपाएपछि सुत्केरी प्याथाले छटपटाइरहेकी उनकी बुहारीलाई अस्पतालले डेल्धुरा अस्पतालमा रिफर गरिदियो।

त्यहाँ अप्रेसन गरेर बच्चा जन्मियो। उनले जिल्ला अस्पतालमा रक्त नपाउँदा धेरै समस्या भएको बताए।जिल्लाको पञ्चेश्वर गाउँपालिका- ६ की २१ वर्षीया आशा भट्ट सुत्केरी हुनका लागि केही दिनअघि जिल्ला अस्पातलमा पुगिन्। अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाका एकजवानले रगत दिएपछि उनको ज्यान जोगियो। 

रगतको अभावमा समस्या भोगका यी दुई उदाहरण मात्रै हुन्।तर जिल्ला अस्पातलमा रक्त सञ्चार केन्द्रको व्यवस्था नहुँदा रगत अभावमा बिरामीले निकै समस्या भोगी रहेका छन्। अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने महिलाका लागि त झनै समस्या भएको छ। जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र नहुँदा बिरामीलाई अन्तै लैजानुपर्ने अवस्था छ। 

रगतको सुनिश्चितता भएपछि मात्रै अप्रेशन गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल बैतडीका मेडिकल अधिकृत देवेन्द्र लेखकले बताए। उनले अप्रेशन गर्नुपर्ने महिलाका लागि रगत आवश्यक पर्ने भएकाले पहिला रगत दिने मानिसको व्यवस्था गरेर मात्रै अप्रेशन गर्ने गरेका छौं। रगतको व्यवस्था हुन नसकेमा बिरामीलाई अन्तै रिफर गर्नुको विकल्प हुँदैन।'

सुत्केरी मात्रै नभएर अत्यधिक रक्तश्राव भएका, दुर्घटनामा घाइते भएर धेरै रगत बगेकालाई पनि जिल्ला अस्पतालले रिफर गर्दै आएको  छ। 'हामीले केसहरु आउने बित्तिकै रगत चाहिने केस तुरुन्तै रिफर गरिदिन्छौं। रिफर गर्दा पनि नजिक भनेको डडेल्धुरा हो।कतिपय बिरामीहरु त्यहाँ पुग्दासम्म ज्यान जाने जोखिम पनि त्यत्तिकै रहन्छ,' लेखले भने।'

जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र नहुँदा बिरामी भारतको पिथौरागढ जाने गरेका दशरथचन्द नगरपालिका-१ रामदत्त भट्टले बताए। उनले भने, 'जिल्ला अस्पतालमा रक्त सञ्चार केन्द्र नहुँदा धेरै समस्या हुने गरेको छ।'

रगत चाहिएमा नेपाली सेनालाई खबर गर्ने गरिएको डा. लेखकले बताए। उनले अहिलेसम्म जतिपनि अप्रेशन भएका छन्। नेपाली सेनाकै जवानले रगत दिँदा सम्भव भएको बताए।तर चाहिने वित्तिकै रगत उपलब्ध गराउन समस्या हुने गरेको छ।'

१५ शैयाको जिल्ला अस्पतालमा जटीलतायुक्त प्रसूति सेवा भएपनि रगतकै अभावमा सो सेवा प्रभावकारी हुन सकेको छैन्। नेताहरुले बेलाबेलामा रक्त सञ्चार केन्द्रस्थापना गर्ने भाषण दिएपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.