प्रधानमन्त्रीले भने : वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारी निर्दोष

प्रधानमन्त्रीले भने : वाइडबडी प्रकरणमा मन्त्री रवीन्द्र अधिकारी निर्दोष

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमका वाइडबडी जहाज खरिद प्रक्रियामा दिवंगत संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । 

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले यसो भनेका हुन् । 

प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजको बताए । 

'यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न, अत्यन्तै अनुचित ढंगले सरोकार नभएको बिषय वाइबडीमा जोडेर केही तत्वले उहाँलाई बद्नाम गर्न खोजे, जुन निराधार कुरा हो', ओलीले भने, 'उहाँले कुनै लोभलालच गरेको होइन । वाइडबडीमा उहाँले केही गरेको पनि छैन, त्यो उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो ।'

प्रम ओलीले सत्यको उजगार हुन नदिन असत्यको हल्ला चलाइएको भन्दै गुनासो गरे । 'नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने प्रवृति र रुची भएका मान्छेहरु छन् । त्यो धन्दा पनि चलिरहेको छ', ओलीले भने । 

वाइडबडीमा अधिकारीलाई आरोप लगाउनु दु:खद भएको भन्दै प्रधानमन्त्री ओलीले गुनासो व्यक्त गरे । 'मलाई दुख लाग्छ कि वहाँ जस्तो कर्मठ,क्रियाशिल मानिसलाई अनुचित ढंगले ,त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने  र अपमान गर्ने काम पनि भयो', ओलीले थपे । 

मन्त्री अधिकारीले नागरिक उडड्यनको क्षेत्रमा देखिने गरी असाधरण काम गरेको पनि प्रधानमन्त्री ओलीले बताए । छ वटा विमास्थलमा रात्री उडान, धनगढी,बिराटनगर र चन्द्रगढी बिमानस्थलको काम अघि अधिकारीकै सक्रियतामा अघि बढेको प्रधानमन्त्रीले प्रष्ट पारे । 

तेह्रथुमको चुहानडांडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर अधिकारी त्यसतर्फ गएका ओलीले बताए । 

'तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता,अनुपयुक्तता छुट्याउने भनेर वहाँ जानुभएको थियो,' ओलीले भने, 'ढिलोमा तीन वर्ष भित्र त्यहाँ विमानस्थल बनाइसक्ने मन्त्री अधिकारीको लक्ष्य थियो ।'

मन्त्री अधिकारी विमानस्थलको अध्ययन भ्रमणकै क्रममा बिहीबार जमर्नीको म्यूनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताए ।

'हिजो वहाँ जर्मनीको बर्लिनतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो, म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरर्पोट ह्याण्डिलिङ बनाउने, वहाँहरुसँग सहकार्य गर्ने योजना बनाउनु भएको थियो', ओलीले भने । 

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए । दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताए । 

यसैगरी उपसचिव युवराज दाहाल विकासलाई बिभिन्न कोणबाट बिष्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ । निधन भएका अन्य व्यक्तिहरु पनि आफनो आफनो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेकपा संसदीय दलको आजको बैठकले दुर्घटनामा निधन भएकाहरुप्रति शोक प्रस्तव पारित गरेको छ । यसैगरी बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निणर्यय समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.