बीपी प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

बीपी प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राजकुमार रौनियार पदबाट बर्खास्त भएका छन्।

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सिनेट बैठकले शुक्रबार रौनियारलाई बर्खास्त गरेको हो। प्रतिष्ठानका कुलपती प्रधानमन्त्री केपी ओली उपस्थिति नभएपछि स्वास्थ्यमन्त्री यादवको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

उपकुलपति रौनियारले पदको दुरुपयोग गरी प्रतिष्ठानलाई जर्जर बनाएको, प्रतिष्ठानको भौतिक निर्माणमा अनियमितता गरेको कुलपतिको निर्देशन पालना नगरेको आरोपमा उनलाई हटाइएको सिनेट एक सदस्यले जानकारी दिए।

प्रतिष्ठानका सदस्य सचिव रजिष्टार तुलबहादुर श्रेष्ठले उपकुलपतिलाई हटाइएको जानकारी आएको पुष्टि गरेका छन्। तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको सिफारिसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ले रौनियारलाई प्रतिष्ठानको उपकुलपतीमा नियुक्ति गरेका थिए।

रौनियार उपकुलपती बने यता प्रतिष्ठानको दैनिक कामकाज चुस्त दुरुस्त नगरेको, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको निर्देशनलाई अवज्ञा गरेको, पदको चरम दुरुपयोग गरी प्रतिष्ठानका अन्य पदाधिकारीका अधिकार खोसेको लगायतका कारण देखाएर उपकुलपति रौनियारलाई बर्खास्त गरिएको हो।

सिनेट बैठकले उपकुलपती रौनियारलाई बर्खास्त गरेपछि शिक्षाध्यक्ष गुरु खनाललाई प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ।

प्रतिष्ठानमा आर्थिक अनियमितता भएको र स्वास्थ्य सेवा प्रभावकारी नभएको उजुरी परेपछी सरकारले सचिव केदारबहादुर अधिकारी र स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा छुट्टाछुट्टै छानबिन समिति गठन भएका थिए।  दुबै समितिले उपकुलपती रौनियारलाई पदबाट हटाउन सिफारिस गरेपछि सिनेट बैठककले उनलाई पदबाट बर्खास्त गरेको हो।

उपकुलपतिबाट हटाउने सिनेट बैठकको निर्णय अवैधानिक भएको आरोप रौनियारले लगाएका छन्। सिनेट बैठकमा आफूलाई समेत सहभागी नगराई एकतर्फी निर्णय भएको उनको भनाइ छ। आफूलाई हटाएर शिक्षामन्त्री उपेन्द्र यादवको ठूलो अन्यय गरेको आरोप उनको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.