दार्चुलामा क्षेत्रीय भलिबल प्रतियोगिता सुरु

दार्चुलामा क्षेत्रीय भलिबल प्रतियोगिता सुरु

दार्चुला : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता छनौटका लागि शुक्रबारबाट दार्चुलामा सुदूरपश्चिम क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना र जिल्ला खेलकुद विकास समिति दार्चुलाको समन्वयमा प्रतियोगिता भएको हो। 

सुदूरपश्चिम प्रदेशभर खेलकुद क्षेत्रको विकासका लागि यो वर्षबाट प्रदेशभरिका सबै जिल्लामा एक÷एक प्रतियोगिता संचालन गर्ने उद्देश्यले दार्चुलामा भलिबल राखिएको हो। 'आठौं खेलकुद हाम्रै प्रदेशमा पसिना र पौरख आफ्नै देशमा' भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको उक्त प्रतियोगिता २० गतेसम्म संचालन हुने भएको छ। सुदूर पश्चिमाञ्चल प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा पहिलो खेल दार्चुला र अछामबीच भएको हो। 

लामो समयपछि जिल्लामा क्षेत्रीय प्रतियोगिता संचालनको अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायण दाहालले पनि विगत केही वर्षदेखि मैदानलगायतका संरचना नहुँदा जिल्लाको खेलकुद कमजोर बन्दै गएको बताए। 

'पहिला दार्चुलाले राष्ट्रिय तथा क्षेत्रीय खेलकुद प्रतियोगितामा राम्रो नतिजा आउने गरेपनि पछिल्लो समयमा प्रशिक्षण नपाउँदा जेनतेन चलेको छ,' उनले भने, 'अपुग संरचना र खेलाडीले नियमित प्रशिक्षण नपाउँदा उपलब्धि खाशै प्राप्त गर्न सकिएको छैन ।'

जिल्लामा निर्माणाधिन कब्बड हल २०७० असारमा महाकाली नदीमा आएको बाढीले बगाएपछि अहिले इन्डोर खेलहरु संचालन गर्ने ठाउँ जिल्लामा नरहेको उनको भनाई छ। 

राष्ट्रिय खेलकुद परिषद्ले जिल्लालाई करिब आधा दर्जन खेलका  प्रशिक्षक राखेको भएपनि नियमित प्रशिक्षण भने हुन सकेको छैन। खेल मैदानको अभावमा सबै किसिमका खेलहरुको प्रशिक्षण गराउन सकिएको छैन।

कुनै प्रतियोगिता हुने सार्वजनिक भएपछि मात्र प्रशिक्षण दिन थालिन्छ।राष्ट्रपति रनिङ्ग शिल्ड भएपछि कुनै विधाका खेलाडीलाई प्रशिक्षण दिएको देखिदैन। 'राष्ट्रियस्तर अथवा कुनै प्रतियोगिता हुने मिति तोकिएपछि प्रशिक्षणमा भाग लिनुपर्छ' भलिबल प्रतियोगितामा भाग लिन दार्चुलाका पुगेका खेलाडीले भने, 'पुग नपुग एक महिनाको प्रशिक्षण हुन्छ। उक्त समयमा पनि पर्याप्त खेल सामग्री हुँदैन।'

यसले गर्दा जिल्लाका आश बोकेका खेलाडीले पदक ल्याउन नसकेको भलिबलका पूर्व राष्ट्रिय खेलाडी भोजराज जोशीले बताए ।क्षेत्रीय प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशसभाका सदस्यद्धय गेल्बुसिह बोहरा र मानबहादुर धामीले उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा प्रतिस्पर्धा गर्न दार्चुलासँगै बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, अछाम, डोटी, बझाङ्ग र बाजुराका पुरुष भलिबल खेलाडी यहाँ पुगेका छन्। दार्चुलालाई खेलकुदमार्फत पर्यटन प्रवद्र्वन तथा खेलाडी उत्पादनलाई समेत मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रदेशसभाका सदस्यद्धयले जिल्लाको खेलकुद विकासमा आफूहरु सधै प्रतिबद्ध रहेको बताउँदै खेल मैदान निर्माण गर्न जग्गा उपलब्ध हुनसके प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्ने छ। 

जिल्ला सदरमुकाम आसपास खेल मैदान बनाउन ठाउँको अभाव रहेको छ। जिल्लाका अन्य ठाउँमा खेलकुद मैदान निर्माणका लागि ठाउँ भएपनि संरचना अभाव हुँदा खेल मैदान निर्माण गर्न सकिएको छैन। बरु पछिल्लो समय स्थानीय तहले खेल मैदान निर्माणमा चाँसो दिएको हुनाले अब खेलाडीलाई प्रशिक्षण गराउन सहज हुने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष श्याम सिनालले बताए। 

जिल्लामा भलिबल, त्रिकेट लगायत एथलेटिक्स खेलको क्रेज बढी भएपनि भलिबल र त्रिकेटका प्रशिक्षक नभएको भलिबलका पुर्व राष्ट्रिय खेलाडी जोशीको भनाई छ। २०७० सालमा बगाएको खुल्ला मञ्च अहिलेसम्म पुर्ननिर्माण हुन सकेको छैन। जिल्ला सदरमुकाममा खेल मैदान नहुदा प्रशिक्षक भएर पनि खेलाडीलाई प्रशिक्षण दिन नसकिएको उनको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.