अपडेट : दार्चुलामा जिप दुर्घटना, ११  यात्रुको मृत्यु

अपडेट : दार्चुलामा जिप दुर्घटना, ११  यात्रुको मृत्यु

दार्चुला : दार्चुलामा शुक्रबार राति भएको एउटा यात्रु जिप दुर्घठनामा कम्तिमा ११ जनाको ज्यान गएको छ । दार्चुला-तिंकर सडकखण्डको राताकाठामा जिप दुर्घटना हुदा ११ जनाको मृत्यु भएको हो । दुर्रघटनामा चालक गम्भीर घाइते भएका छन  । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार सदरमुकामबाट हिकिलाका लागि छुटेको म १ ज २८० नम्बरको जिप दुहु गाउँपालिका-३ राताकाठाको भिरमा खसेको हो ।

शुक्रबार बेलुकी सवा ८ बजेतिर खसेको जिपमा सवारमध्ये ११ जनाको मृत्यु भएको र चालक दिपकसिंह धामी गम्भीर घाइते अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रनि कठायतले तीन महिलाको शव सडकमा निकालिसएिको जनाएको छ । चारजना महिला, तीनजना पुरुष र एकजना बालकको शव टर्च बालेर हेर्दा भिरमा देखिएको जनाएको छ  

प्रहरी निरीक्षक कठायतले तीन महिला बाहेक अरु कसैको शव निकाल्न सकिने अवस्था नरहेकाले शनिबार विहान मात्र निकालिने बताए । ‘राति भएकाले भिरमा जान सकिएन, तीन महिलाको शव निकालिसकिएको छ, चार महिला, तीन पुरुष र एक बच्चाको शव भिरमा अड्किएको देखियो निकाल्न सकिएन’, प्रहरी निरिक्षक कठायतले भने ।

गम्भीर अवस्थामा भेटिएका चालक धामीलाई जिल्ला अस्पताल दार्चुलाबाट भारतको पिथौरागढका लागि रेफर गरिएको उनले बताए । उद्दारका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोली घटनास्थल पुगे पनि राति भएकाले भिरमा पस्न सकेन । 

जिप सडकबाट करिब ५ सय मिटर तल महाकाली नदी किनारमा खसेको छ । अध्याँरो भएकाले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । चालक बाहेक अरु कोही पनि जीवित अवस्थामा नभेटाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

तीन दिन अघि मात्रै राताकाठामा आएको पहिरोमा एक जनाको मृत्यु भएको थियो । पाँचजना स्थानीय घाइते भएको त्यस घटनामा आधा दर्जन बाख्रासमेत मरेका थिए । 

दार्चुला  सदरमुकाम खलंगाबाट उत्तरपश्चिमी क्षेत्रस्थित घटनास्थल करिब ८ किलोमिटरको दुरीमा  रहेको छ । एक दशकदेखि राताकाठामा निर्माणाधीन सडकमा प्रशाशनले एक वर्षदेखि जिप चल्न रोक लगाएको थियो  । 

दिउँसो राताकाठा आसपासमा नेपाल प्रहरीको गस्ती हुने गरेकाले हिकिला, सुनसेरा र ब्याससहितका गाउँ जान मानिसहरु राती जिपमा सवार थिए । 

 

दुर्घटना भएको सडकखण्ड । अन्नपूर्ण फाइल तस्बिर 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.