दार्चुला जिप दुर्घटनामा मृत्यु भएका ११ जनाकै सनाखत

दार्चुला जिप दुर्घटनामा मृत्यु भएका ११ जनाकै सनाखत

दार्चुला : शुक्रबार राति दार्चुला तिङ्कर सडक खण्डको राताकाठामा भएको जीप दुर्घटनामा ज्यान गुमाउने  ११ जनाकै सनाखत भएको छ । राति नै घटनास्थलबाट मृतकको शव संकलन गरी जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

   
 दुर्घटनामा परी मृत्यु हुनेहरुमा दुहुँ गाउँपालिकाका ४५ वर्षीय कल्यानसिह बडाल  उनकी १५ वर्षीया छोरी निर्मला बडाल, दुँहुँ गाउँपालिका–२ का ३५ वर्षीया परुली धामी, दुहुँ गाउँपालिका–१ का ५४ वर्षीय धनबहादुर बम, दुहुँ गाउँपालिका–४ दौलाका ५५ वर्षीय अम्मरा बम, सोही ठाउँकी ४ वर्षीया आयुसा बम, दुहुँ गाउँपालिका–१ पीपलचौरीकी ४५ वर्षीया गोमती बम र सोही ठाउँकी ७१ वर्षीय  धाना बम रहेका छन् । 

   त्यस्तै बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका–६ सित्तडका ६० वर्षीय प्रताप चन्द भनिने धनबहादुर चन्द, सोही ठाउँका  २०वर्षीया स्नेहा चन्द र दुहुँ गाउँपालिका–१ की ५३ वर्षीय मानमती भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सोही दुर्घटनामा जिप चालक दिपकसिंह धामी गम्भीर घाइते भएका छन् । घाइतेको थप उपचारका लागि शुक्रबार राती नै भारतको पीथौरागढ लगिएको छ ।
 
 मृत्यु भएका सबैको शव जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरी शनिबार नै आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रविन्द्र कठायतले जानकारी दिए । 

जीप दुर्घटनाको कारण खुल्न सकेको छैन् । दुर्घटनास्थल राताकाठा क्षेत्रमा सडक चौडा गर्ने कार्य भइरहेको छ ।  सो क्षेत्रमा कुनै पनि सवारी साधनहरु सञ्चालनमा रोक लगाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.