गर्भवती र सुत्केरी महिलालाई तरकारी र हजारी वितरण
कालिकोट : कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले नगरभित्रका सुनौला हजार दिनमा महिलाहरुलाई तरीकारीको बीउ र हजारी वितरण गरेको छ ।
नगरभित्रका सुनौला हजार दिनका महिलाहरुको पोषण अवस्थामा सुधार ल्याउन नगरपालिकाले वडा नम्बर १ र २ का ६० जना गर्भवती तथा सुत्केरी महिलाहरुलाई तरकारीको बिउ र हजारी वितरण गरेको हो ।
खाँडाचक्र नगरपालिकालाई पोषणयुक्त नगरपालिका बनाउने लक्ष्य सहित कुपोषणको समस्यामा परेका र आर्थिक हिसावले विपन्न गर्भवती तथा सुत्केरी महिलाहरुलाई दुईदिने तालिम सहित मौसमी तथा बेमौसमी तरकारीको बिउ, हजारी, नेल कट र तौलिया बितरण गरिएको खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख परशुराम काफ्लेले बताए ।
उनका अनुसार सुनौला हजार दिनका आमाहरुलाई दिइएको तालिमले व्यक्तिगत सरसफाईदेखि घरायसी सरसफाई, करेसाबारी निर्माण तथा तरकारी खेती, बालबालिकाहरुको स्याहार लगायत क्षेत्रमा सुधार आउने अपेक्षा गरिएको छ ।