अछामको साँफेबगरमा गुनासो व्यवस्थापन प्रणाली सुरु

अछामको साँफेबगरमा गुनासो व्यवस्थापन प्रणाली सुरु

अछाम : साँफेबगर नगरपालिकाले गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरेको छ ।अन्तर्राष्ट्रिय खुला तथ्यांक दिवसकाा अवसरमा शनिबार आयोजित कार्यक्रममा गुनासो व्यवस्थान प्रणालीको उद्घाटन गरिएको हो ।

नगर प्रमुख कुलबहादुर कुँवरले नगरपालिकाका १४ वटै वडालाई जोड्दै गुनासो, समस्या र सुझाव अनुसार अघि बढ्ने बताए । ‘नगरका १४ वटै वडामा सूचना प्रविधिलाई जनतासँग जोड्न इन्टरनेट जोड्ने प्रयास गरिरहेका छौँ,’ उनले भने ।

जनतालाई नगरपालिकाका सूचना गतिविधिको जानकारी तथा जनताका गुनासो छिटो छरितो सम्वोधन गर्ने उद्देश्यले गुनासो व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

गुनासो सुनुवाईका लागि उनले मोबाइल नम्बरसमेत सार्वजनिक गर्दै त्यसमा डायल गरेपछि गुनासो विधिसमेत सिकाए ।

गुनासो सुनुवाइ प्रणाली देशभरका ७५३ स्थानीय तहमध्ये अछामको साँफेबगर नगरपालिका लगायत १२ स्थानीय तहले मात्र प्रविधिको प्रयोग गर्दै आएको नगरपालिकाकी सूचना प्रविधि अधिकृत कबिता कुँवरले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.