वाइडबडीको छानविन हुनुपर्छ : देउवा

वाइडबडीको छानविन हुनुपर्छ : देउवा

जनकपुरधाम : वाइडबडीमा भएको भ्रष्टाचारको वास्तविकता तुरुन्त सार्वजनिक गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग माग गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि वाइडबडी खरिदमा भएको अनियमितताको सत्यतथ्य बाहिर नआउने शंकाउपशंका भइरहेको बेला देउवाले वाइडबडी छानविनको वास्तविकता सरकारले बाहिर ल्याउनु पर्ने बताएका हुन्।

ओली सरकारको एक वर्षभन्दा बढी समय वितिसक्दा पनि देशका लागि केही नगरेको भन्दै उनले आक्रोश पोखे। जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै देउवाले केपी शर्मा ओली सरकारले वर्षदिनमा देशका लागि एउटा पनि देखाउने काम गर्न नसकेको दावी गरे। 

वर्तमान सरकारले संघीयतालाई कमजोर बनाइरहेको देउवाको अरोप छ।'संघीयता नेपालको वास्तविकता हो, 'उनले भने 'समाजिक सञ्जाल नियन्त्रण गर्ने बाहनामा सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि नै कुण्ठित गरेको छ।यो पक्कै पनि राम्रो होइन।'

'प्रेस स्वतन्त्रताविना प्रजातन्त्र समृढिकरण हुँदैन।प्रजातन्त्र र प्रेस एक अर्काको पुरक रहेको भन्दै उनले प्रश्न गर्दै भने,' अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन सरकारले साइबर ल्याएको हो?'

प्रदेश२ को स्थायी राजधानी जनकपुरधाम बनाउनुपर्नेमा देउवाले जोड दिए। प्रदेशको नाम मिथिला राखिनुपर्ने भन्दै उनले प्रदेशको भाषा मैथिली र भोजपुरी हुनुपर्छ बताए।नेपाली कांग्रेस पार्टी भित्रको विवाद मिलाउन छुट्टै कमिटी गठन गर्ने पनि उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.