धुम्बाराहीमा काइजोन बैंक्वेट सञ्चालनमा
काठमाडौं : स्काइजोन रेस्टुराँ एन्ड बैंक्वेट बैंक्वेट औपचारिक रूपमा सञ्चालन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित रहेको बैंक्वेट सञ्चालन भएको करिब एक महिनापछि शुक्रबारदेखि औपचारिक उद्घाटन भएको हो ।
धुम्बाराही चोकैमा रहेको बैंक्वेटमा सुवास खड्का, विष्णु भण्डारी, चित्र कुइँकेल र गोविन्द कट्वालको साझेदारीमा करिब ५ करोड रुपैयाँ लगानी भएको छ ।
विभिन्न पेसा व्यवसायसँग संलग्न व्यक्तिहरुले सुरु गरेको बैंक्वेट स्काइ जोन रेस्टुराँ एन्ड बैंक्वेट सामाखुसीको पहिलो फ्रेन्चाइ हो ।
आधुनिक सुविधासम्पन्न पार्टी प्यालेका साथै रेस्टुराँ पनि सञ्चालन रहेको बेङक्येटमा ५ सयभन्दा धेरै ग्राहकलाई एकै पटकमा सेवा प्रदान गर्न सक्ने क्षमता रहेको बैंक्वेटका अध्यक्ष सुवास खड्काले बताए ।
पाँचतारे होटलमा सेफलाई लिएर रेस्टुराँ सञ्चालन गरेको बताउँदै खड्काले भने, 'फाइभ स्टारको टेस्टलिन स्काइ जोनमा आउदा हुन्छ ।' पूर्णरूपमा पारिवारिक वातावरण स्वदिष्ट परिकार उपलब्ध सो बैंक्वेटमा परिवारिक तथा अफिसियल कार्यक्रम गर्न सकिन्छ ।