‘भरतमोहन र रवीन्द्रको राम्रा कामको पदचाप गरौँ’

‘भरतमोहन र रवीन्द्रको राम्रा कामको पदचाप गरौँ’

बेसीसहर : नेपाल कम्युनिष्ट पार्टीका नेताद्वय स्वर्गीय भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीले सुरु गरेका राम्रा कामहरुलाई निरन्तरता दिन सके मात्र उनीहरुप्रति सच्चा श्रद्धाञ्जली हुने लमजुङका नेता, कार्यकर्ताहरुले बताएका छन् ।

नेकपा लमजुङले आइतबार बेसीशहरमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा सहभागी नेता कार्यकर्ताहरुले उनीहरुको असल व्यवहार र क्रियाकलापको अनुसरण गर्नुपर्ने धारणा राखे ।

नेकपा गण्डकी प्रदेश कमिटी इन्चार्ज एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वर्गीय नेताद्वय अधिकारीबाट नेता कार्यकर्ताहरुले धेरैकुरा सिक्नुपर्ने बताए । निधन भएपछि गुनगान गाउनुभन्दा उनीहरुले गरेका राम्रा कामलाई निरन्तरता दिँदै उचाइमा पु¥याउन सबैमा आग्रह गरे ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको उनले बताए । नेता गुरुङले उनी पुरानो र नयाँ पुस्ता जोड्ने, बिचारको मामलामा प्रष्ट, जनताको बहुदलीय जनवादका मुल्य मान्यतालाई गहिरो रुपमा आत्मसात गर्ने, प्रजातान्त्रिक उदार बिचारका पक्षपोषक तथा राजकीय जिम्मेवारीलाई योग्यता र कुशलताका साथ सम्हालेका नेता भएको उल्लेख गरे ।

जनतासँग भिज्ने, युवाहरुको ढुकढुकी र सफल मन्त्रीका रवीन्द्रको योगदान रहेको उनले बताए । उनले रवीन्द्रबाट जनतासँग कसरी नजिक रहेर काम गर्नुपर्छ भन्ने कुरा सबै नेताहरुले सिक्नुपर्ने धारणा राखे । उनले केन्द्रमा पार्टी एकतामा ढिलाइ भए पनि जिल्ला तथा स्थानीय तहमा एकीकरण कार्यक्रम अघि बढाउन सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.