लालबन्दी उद्योग बाणिज्य संघमा जोशी विजयी

लालबन्दी उद्योग बाणिज्य संघमा जोशी विजयी

मलंगवा : सर्लाहीको लालबन्दीमा भएको उद्योग बाणिज्य संघको निर्वाचनमा कल्याणकुमार जोशी प्यानल सहित विजयी भएको छन्।

आइतबार भएको निर्वाचनमा जोशी आफ्ना प्रतिद्ववन्दीलाई २ सय ७८ मतले पछि पार्दै विजयी भएका हुन्। जोशीले ४ सय २७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी विक्रम भण्डारीले १ सय ७८ मत प्राप्त गरेका थिए । आइतबार ५ बजेसम्म भएको निर्वाचनको मत परिणाम सोमबार बिहान सार्वजनिक गरिएको हो।

त्यसैगरी प्रथम उपाध्यक्षमा लालबाबु साह ३ सय ८५, द्वितीय उपाध्यक्षमा श्री नारायण साह ३ सय ८६ र तृतीय उपाध्यक्षमा सूर्यबहादुर श्रेष्ठ ३ सय ९३ मत ल्याएर विजयी बनेका छन् ।

महासचिवमा दीपक बलम्पाकीले ३ सय ७४, सचिवमा भरतबहादुर खड्काले ४ सय २ कोषाध्यक्षमा रामप्रसाद देवकोटाले  ३  सय ८९ र सह–कोषाध्यक्षमा पूर्णप्रसाद चौलागाईंले ४ सय ३ मत प्राप्त गरी विजयी भएका छन् । त्यसैगरी सदस्यमा खड्‍गप्रसाद बानियाँ, गोविन्दकुमार खड्का, सजित शङ्कर, विनोदकुमार दाहाल, महेशकुमार महतो, झगरु दास, राजकुमार न्यौपाने, वसन्तराज कार्की, कमलाकुमारी थापा, सोनेलाल साह, लालप्रसाद थपलिया र चुडामणि उप्रेती निर्वाचित भएका छन्।

६ सय २३ मतदाता रहेको सङ्घको नयाँ नेतृत्व चयनका ६ सय १२ जनाले मतदान गरेका थिए।जोशी ट्याक्टर चिन्ह लिएर चुनाव लडेका थिए भने भण्डारी घडी चिन्हबाट चुनावी मैदानमा उत्रिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.