पाठेघर परीक्षण निःशुल्क

पाठेघर परीक्षण निःशुल्क

भक्तपुर : भक्तपुर नगरपालिका १ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालले मंगलबार महिलाहरुको पाठेघर परीक्षण भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भीआईए) निःशुल्क गर्ने भएको छ।

अस्पतालको २४ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क भीआईए परीक्षण गर्ने भएको हो।

आइतबार अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले उक्त परीक्षणबाट महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबारे सुरुमै थाहा पाउन सकिने भएकाले अस्पतालले निःशुल्क उक्त परीक्षण गर्ने भएको जानकारी दिए।

उनले अस्पतालको २४ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा खुला रक्तदान कार्यक्रमसमेत गरिने बताए।

अध्यक्ष श्रेष्ठले अस्पतालले क्यान्सर उपचारमा अहिलेसम्मकै अत्याधुनिक रेडियोथेरापी मेसिन लिनायक भित्र्याइसकेको जानकारी दिँदै पेटस्क्यान मेसिन ल्याउन सरकारसमक्ष माग गरिरहेको सुनाए।

‘लिनायक मेसिन भित्रिएसँगै अस्पतालको उपचार क्षमता ९८ प्रतिशत पुगेको छ’, उनले भने, ‘पेटस्क्यान मेसिन जडान भएपछि अस्पतालको क्यान्सर उपचार क्षमता सत प्रतिशत हुनेछ।’

पेटस्क्यान मेसिन जडान भएपछि सम्पूर्ण क्यान्सर उपचार नेपालमै सम्भव हुने उनको दावी थियो।

पत्रकार सम्मेलनमा अस्पतालका रेडियोथेरापी विभागका निमित्त प्रमुख डा. उज्ज्वल चालिसेले लिनायक मेसिनबाट उपचार गरिँदा क्यान्सर दोहोरिने सम्भावना अत्यन्त न्यून हुने जानकारी दिए।
‘लिनायक मेसिनले क्यान्सर लागेको कोषिकालाई सतप्रतिशत रोक्ने क्षमता राख्छ’, उनले भने, ‘त्यसैले पुनः क्यान्सर बल्झने सम्भावना अत्यन्त न्यून हुन्छ। यसले क्यान्सर नलागेको कोषिकामा कुनै साइड इफेक्टसमेत कममात्रै हुन्छ।’

के हो भीआईए परीक्षण ?

अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. एलिजा श्रेष्ठका अनुसार भीआईए भनेको एसिटिक एसिडको प्रयोगबाट महिलाको पाठेघरको मुखमा क्यान्सर भए नभएको सजिलै थाहा पाउने परीक्षण हो।

यस परीक्षणबाट महिलाको पाठेघरको मुखको क्यान्सर सुरुकै अवस्थामा थाहा पाउन सकिने उनले बताइन्।

विशेषज्ञ चिकित्सकविनै यो परीक्षण गर्न सकिने उनको भनाइ थियो।

‘यो परीक्षण गर्न दक्ष प्राविधिकले महिलाको पाठेघरको मुखमा एसिटिक एसिड राख्छन्’, डा. श्रेष्ठले भनिन्, ‘एसिड राखेपछि पाठेघरको रंगमा कुनै परिवर्तन भएन भने उनी स्वस्थ छिन्। पाठेघरको मुखको रंग परिवर्तन भई सेतो देखियो भने क्यान्सरको जोखिम छ भन्ने थाहा हुन्छ।’

उनले क्यान्सरको जोखिम भएको थाहा भएपछि थप जाँचको लागि पठाउन सहज हुने बताइन्।

नेपालमा महिलाहरुलाई हुने क्यान्सरमा पाठेघरको क्यान्सर पहिलो नम्बरमा छ। यसपछि दोस्रो स्थानमा स्तन क्यान्सर रहेको छ।

ढिला उपचारमा आउने भएकाले पाठेघरको क्यान्सरको उपचार जटिल र महंगो बन्दै आएको डा. श्रेष्ठले बताइन्।
विवाहित सबै महिलाले कम्तीमा वर्षमा एकपटक भीआईए वा प्यापस्मेयर गराए पाठेघरको क्यान्सरबाट जोगिन सक्ने उनी बताउँछिन्।

 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.