सिम्रिकको हेलिकप्टरबाट शिवपुरीदेखि गोसाइँकुण्ड यात्रा
काठमाडौं : बालाजुकी ललिता दाहाल पहिलोपटक हेलिकोप्टर चढेर गोसाइँकुण्ड गएकी छन् । शिवरात्री पर्वको अवसर पारेर सिम्रिक एयरलाइन्सले तयार पारेको गोसाइँकुण्ड प्याकेजका कारण दाहालको कम्तिमा तीनको यात्रा १५ मिनेटमै पूरा भएको छ ।
‘सवारी साधनको प्रयोग गरी स्थलमार्गबाट गएको भए तीन देखि ४ दिन लाग्ने गोसाइँकुण्ड हेलिकोप्टरबाट तुरुन्तै पुगेर फर्किन पाएकोमा निकै खुशी लाग्यो’, दाहालले भनिन् । पहिलोपटक हेलिकोप्टर चढेको र गोसाइँकुण्ड पनि पहिलो नै भएकोले उत्साह बढेको हो । पहिलो हेलि यात्राबाटै सुरुभएको उत्साहलाई दाहालले सिम्रिकबाटै प्याकेज लिएर अब अर्को तीर्थ यात्रा मुक्तिनाथ पनि जाने मनसाय बनाइकेकी योजना सुनाइन् ।
‘३२ वर्ष अगाडि गोसाइँकुण्ड पुगेर आउनै चार दिन लागेको थियो । अहिले त हेलिकोप्टरबाट त आधा घण्टामै यात्रा पूरा भएकोले निकै उत्साहित छु’, ६६ वर्षिय कमला न्यौपानेले अन्नपूर्णसँग भनिन् । श्रीमानसँगै गोसाइँकुण्ड पुगेर फर्किएकी न्यौपानेका अनुसार हेलिकोप्टरबाट यात्रा निकै रमाइँलो र आनन्ददायी हुँदो रहेछ । त्यसमा पुजाआजा गरि एकछिन घुमेर आन्दपूर्वक आउन पाइयो निकै राम्रो लाग्यो ।
‘धेरैवटा तीर्थ पुगेर आइयो मौसम सफा भएको र झर्लङ्ग खुलोकोले होला उसै उत्साहित भएको छु’, उनले भनिन् । ‘हिउँको दृश्यले ढाकिएको गोसाइँकुण्ड हेलिकोप्टरबाटै नियाल्दै सोही ठाउँमा पुग्दाको आनन्दा भने बर्णन गरेरै साध्य छैन ।’
हेर्नुस्, सुनिता डंगोलले कैद गरेका तस्बिरहरू :
पटक पटक हेलिकोप्टरबाट यात्रा गरिसकेका चावहिल निवासी मोहन पोखरेलले पाथीभरा, हलेसि, मुक्तिनाथसहितको तीर्थयात्रा गरिसकेका छन् । यसपटकको गोसाइँकुण्डभने अहिलेसम्मकै आनन्ददायी भएको महसुस गरे ।
‘शिव भगवान बस्ने ठाउँ त्यसमा पनि एकैछिनमा पुगेर आउँदा स्वर्गीय आनन्द लाग्यो’, ओखलढुङ्गी ८० वर्षीय पुन्यवती पोखरेलले हेलिकोप्टरबाट उत्रदै भनिन् । यसअघि तीन पटक स्थलमार्गको प्रयोग गरेर गोसाइँकुण्ड पुगिसेकेका कान्छा महर्जन पनि हेलिकोप्टरबाट गरिने यात्राको अनुभूति बटुल्न बिहानै शिवपुरी पुगेका थिए । सस्तो, सहज र घरबाट निस्केदेखि तीर्थस्थल पुगेर आउँदा जम्मा दुईघण्टाले पुग्ने रहेछ । शिवरात्रीकै अवसर परेकोले सो उडानमा आफूँपनि सहभागि भएको महर्जन बताउँछन् ।
यी प्रतिनिमूलक पात्रसहित सिम्रिक एयरले सोमबार १३८ जनालाई गोसाइँकुण्डको तीर्थ यात्रा गराएको छ । सिम्रिकले प्रतिव्यक्ति २० हजार रुपैयाँमै उपलब्ध गराएको यो सुविधाका कारण एकै दिन २४ वटा उडान गरेको सिम्रिक एयरका महाप्रवन्धक प्रेम थापाले बताए ।
सिम्रिकले तीन वर्षदेखि लगातार शिवरात्री पर्वकै अवसार पारेर गोसाइँकुण्ड यात्राको प्याकेज तय गर्ने गरेको छ । सिम्रिकले नाफाभन्दापनि सेवामूलक उडान गरेको र सस्तोमै हेलिको यात्राको सुविधा दिएकोले यसप्रतिको आकर्षण बढ्दै गएको बुझाई थापाको छ ।
हिँडेर जाँदा लाग्ने समयको वर्वादी, थाकान, शरिरलाई हुने सास्ती र विरामी पर्ने चिन्ता लिनुपन्दा हेलि उडानको यात्राले धेरै सहज बनाएको छ । सिम्रिकले प्याकेजै बनाएर सुरु गरेको यो यात्रामा अन्य वायुसेवाको पनि रुची देखिन थालेको छ ।
सिम्रिकले बूढानीलकण्ठ मन्दिरबाट यात्रुलाई चिया नास्ता खुवाउने र फकिएर आउँदा खानाको पनि सुविधा दिएको छ । सिम्रकले गत वर्ष शिवपुरीमै खाना र खाजाको व्यवस्था गरेको थियो । यसका कारण यात्रुलाई एक प्रकारले पीकनिकजस्तै अनुभूति गराएको थियो । योपटक भने स्थान अभावले खाना र खाजाको व्यवस्था बुढानिलकण्डमा गरेको जानकारी पनि सिम्रिकले दिएको छ ।
त्रिभुवन विमानस्थलबाट उडान तथा अवतरणको व्यवस्थापन मिलाउ गाह्रो हुने भएकोले सिम्रिकले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको अनुमतिमा शिवपुरीको डाँडागाँउबाट गोसाइँकुन्ड उडान गरेको उल्लेख छ ।
एकैदिन धेरैवटा उडान हुँदा विमानस्थलको टावरसँगको सम्वादले हुने व्यतालाई कम गर्ने र यात्रुको सहजता र छिटो उडान गराउन सकिने भएकोले सिम्रकले तीन वर्षदेखि डाँडागाउँबाट उडान गरेको थापा बताउँछन ।
सोमबार बिहान साढे ७ बजेदेखि नै उडान व्यवस्थापन मिलाएको भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ सोमबार बिहान २ घण्टा ढिलो खुल्यो । सिम्रिकको हेलिकोप्टर विमानस्थबाटै उडेर शिवपुरी पुगेको हो । शिवपुरीबाट उड्न प्राधिकरणले अनुमति दिँदा एक घण्टा ढिलो गरेकोले निर्धारित समयभन्दा तीन घण्टा ढिलो उडान गर्नुपरेकोे थापाले बताए ।
सिम्रिकले मंगलबारको निम्ति पनि १० वटा उडान गर्ने तय गरिसकेको छ । यात्रुको डिमाण्ड अनुसार उडान संख्या र दिन बढाउन सकिने सिम्रिक एयरलाइन्सकै मार्केटिङ एक्जुकेभिट विकेश आचार्यले बताए ।
उनले भने ‘गत वर्ष तीन सय जनाजतिले यस्तो प्याकेजमार्फत गोसाइँकुण्ड पुगेका थिए । यो वर्ष भने गत साताको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाको प्रभावले होला यात्रुको चाप कम नै देखियो । पछिल्लो सयम प्रवद्र्धन बढेको, यात्रुले सहजता खोज्ने र छिटो र आरामदायी यात्रा उचित शुल्कमै हुने भएकोले पनि उत्साह बढ्दै गएको छ ।