महाशिवरात्रीमा कैलाशेश्वर मन्दिरमा भजनकीर्तन
पोखरा : महाशिवरात्री पर्वको अवसरमा पोखराको तीनवटा वडाको संगम बासेको नुवारथोक वासेकोपधेरोस्थित कैलाशेश्वर मन्दिरमा बिहानैदेखि पूजापाठ र भजनकीर्तन गरिएको छ ।
पोखराका वडा नम्बर ५,६ र ७ वडाको संगम भएकोले मन्दिरमा बिहानै देखि मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । शिवरात्री सोमवार परेकोले पनि यस वर्षको शिवरात्री विशेष महत्वको रहेको बताइएको छ ।
आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेववलाई गाईको दूध, बेलपत्र, सख्खरले स्नान गरार्ए फफूल चढाउने परम्परा रहेको छ । स्थानीय जरेव उज्वल दिदी बहिनी समुहले आइतवार नै मन्दिर वरपर सरसफा गरेका थिए । मन्दिरमा आउने भक्तजनकालागि प्रसाद समेत समूहले बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस !
८